
पोखरा-पेनाल्टीमा हार र जीतको सम्भावना बराबर हुन्छ । पेनाल्टीमा पुग्नु नै कडा प्रतिस्पर्धा हो । महिला हक्कीको उपाधि प्रतिस्पर्धामा पेनाल्टीमा गण्डकी प्रदेश चुक्न पुग्यो । नेपाली सेनालाई कडा चुनौति दिएको गण्डकी पेनाल्टीमा चुक्यो । यद्यपी रजत पदकको इतिहासलाई भने दोहोर्यायो । नेपालगन्ज आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला हक्कीमा सुदुर पश्चिमसँग पराजित गर्दै उपाधि विमुख भएको महिला हक्कीले नवौंमा रजत पदक जित्दै आफनोस्तरलाई यथावत राख्यो ।
पोखरा रंगशाला देशकै ठूलो रंगशाला हो । ४१५ रोपनी क्षेत्रफलको रंगशाला अधिकांश खेलका पूर्वाधार छन् । धेरै खेल त्यही रंगशालामा हुन्छ । तर हक्की भने त्यो परिवेशमा अभागी छ । मैदान छैन् । प्रशिक्षणस्थलको अभाव छ । राष्ट्रिय प्रतियोगिताको लागि प्रदेशस्तरीय छनोट सबै खेलका भए । हक्कीको भने सिधै प्रदेश छनोट गरियो । कास्की जिल्ला हक्की संघले प्रदेश टिमको नाम सिफारिस गरेर पठाईदियो ।
प्रदेश खेलकुद परिषदले झण्डै एक महिना बन्द प्रशिक्षण राख्यो । बन्द प्रशिक्षण शुरु गरियो । तर हक्कीलाई पीर थपियो । प्रशिक्षणस्थल थिएन । भएका मैदानको छेउकुना खोज्दै सिकाउनुपर्ने बाध्यता थियो । छेउकुनामा खेल्दा पनि अन्य संघले लखेट्थे । कहिले एउटाको खाली ठाँउ त कहिले अर्काको खाली खोज्दै प्रशिक्षण गर्नुपर्ने बाध्यता । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले प्रशिक्षण गर्दै आएको ठाँउलाई भाडा दिएर प्रशिक्षण नै रोक्नुपर्ने पीडा थियो ।
समस्यै समस्याको बीचमा पनि खेलाडीले भने बल र स्टिक लिएर रंगशाला कुद्थे । ‘खेलाडीको मेहनतले नै रजत पदकको हकदार बन्यौं,’ प्रशिक्षक राजन नेपालीले भने–‘लामो समय सँगै प्रशिक्षण गरेकोले पनि टिम कम्बिनेसन मिल्यो ।’ कहिले फुटबलको बैकल्पिक मैदानको छेउमा त कहिले रंगशालाको दुईनम्बर गेटको आडैको खाली ठाँउमा प्रशिक्षण गरेको थियो । सानो ठाउँमै बल पास खेल्ने मात्रै खेलेर भएपनि प्रशिक्षण गरिएको उनको भनाई थियो । कास्की जिल्ला हक्की संघले नवौंकै लागि सुटिङको लागि छुट्टाएको जग्गालाई सम्याउँदै हक्की प्रशिक्षणस्थल बनाउन शुरु गरेको छ । त्यस ठाँउमा अहिले जग्गा सम्याईएको छ । आगामी अर्कोवर्षदेखि प्रशिक्षण गर्न सहज हुने कास्की जिल्ला हक्की संघले जनाएको छ ।
‘हक्कीलाई पोखरा रंगशालाभित्र टुहुरो बनाएका छन् । त्यही टुहुरो बनाईएको खेलले प्रदेशको लागि रजत पदक जित्यौं,’ कास्की जिल्ला हक्की संघका अध्यक्ष मिलन केसीले भने–‘नवौंमा रंगशालाभित्र प्रशिक्षण गर्ने ठाँउनै हक्कीले पाएन् । रंगशालाभित्रको छेउकुना खोज्दै खेलाडीले प्रशिक्षण लिए । खेलाडीको अथाह मेहनतले प्रतिफल प्राप्त भएको हो ।’ उनले खेलाडीको हक्कीप्रतिको लगावकै कारण प्रतिफल मिलेको सुनाए । नवौंकै संघारमा संघकै पहलमा सुटिङको लागि राखिएको जग्गालाई सम्याएर हिटिङ हान्ने मिल्ने गरी सम्याएर राखिएको उनले जानकारी दिए ।
खेल मैदानको अभाव र प्रशिक्षकको अभाव उस्तै रह्यो । तर पनि महिला हक्की पदक विहीन भएको छैन् । चाहे त्यो सहानाप्रधान स्मृति होस या राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेशपछि नै किन नहोस । आवश्यक खेल सामाग्री अभाव उस्तै रह्यो । तरपनि खेलाडीमा जोश जाँगर भने कम भएन् । ‘खेलाडीको प्रयास र मेहनत नै पदकको लागि हकदार रह्यो ’ नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले भने–‘पूर्वाधार र आवश्यक सामान सहित नियमित प्रशिक्षण पाए गण्डकी प्रदेशले स्वर्ण पदक जित्छ ।’


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…