
पोखरा-सफलता पाउन धेरै मेहनत गर्नुपर्छ । विना संघर्ष प्रतिफल पनि आउँदैन् । प्रतिफलको लागि आफ्नो लगाव उत्तिकै जरुरी छ । त्यति मेहनतको प्रतिफल पाएका हुन प्रदीप खड्काले । संघर्षका पाईला चाल्दै हरदम कोर्टमा र्याकेट बोकेर कोर्ट चाहर्ने प्रदीपले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तीन स्वर्ण जिते । उनी मात्रै एक्ला खेलाडी हुन जसले तीन वटा स्वर्ण पदक जितेको ।
उनले व्यक्तिगत विधामा स्वर्ण पदक जिते । प्रतिस्पर्धी थिए गैरआवासिय नेपाली खेलाडी आरभ हाडा । हाडा कुनैबेला जुनियरका शीर्ष बरियताका खेलाडी थिए । प्रदीपले दोस्रो स्वर्ण टिम इभेण्टमा जिते । तेस्रो स्वर्ण उनले मेन्स डबल्समा जिते । उनको जोडी थिए अनिल साई । साई कुनैपनि कास्कीका शीर्ष बरियताका खेलाडी हुन् ।
खड्कालाई विभागीय क्लबबाट टेनिस खेल्न प्रस्ताव नआएको होईन् । तर उनले त्यो प्रस्तावलाई थाँती राखे । रोजे आफनै प्रदेश । भर्खरै टेनिसमा आफनो शीर्ष बरियताको छाप छोड्न शुरु गरेका खड्कालाई चुनौति दिने कमै देखिए । टेनिस आफैंमा शान्त र शालिन खेल हो । हतासिँदा खेल आफनो हातबाट फुत्किन्छ । उनले राम्ररी बुझेका छन् ।
त्यसैले त उनी एकल प्रतिस्पर्धाको फाईनलमा हतास नभई ०-३ ले डाउन भएको पहिलो र दोस्रो सेटमा कमब्याक गर्दै स्वर्णको हकदार बने । पहिलो सेट टाईब्रेकरमा लिदाँ दोस्रो सेट ६-३ ले आफनो पक्षमा पारेर ऐतिहासिक स्वर्ण थपे । जुन गण्डकी प्रदेशको नाममा स्वर्ण लेखिदाँ उनले नवौंमा स्वर्णको ह्याट्रिक पुरा गरेका हुन् । पोखराको पर्यास्ङबाट बल ब्वाईबाट टेनिसमा उठेका प्रदीप अहिले टेनिसको दीप बनेर उज्यालो छरेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…