
पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पोखरा महानगरपालिकाले शुक्रबार नगदसहित सम्मान गरेको छ । महानगरपालिकाले १६६ जना खेलाडी, ३५ प्रशिक्षक र २५ व्यवस्थापकलाई सम्मान गरेको हो ।
a
शुक्रबार पोखरा महानगरपालिकाले १२५ जना खेलाडीलाई सम्मान गर्यो । ३५ जना प्रशिक्षक र २५ जना व्यवस्थापकलाई समेत सम्मान गरेको हो । महानगरले नवौं राष्ट्रिय प्रतियोगिता चलिरहेकै अवस्थामा ४१ जना खेलाडीहरुलाई नगदसहित सम्मान गरेको थियो ।

राष्ट्रिय खेलुकद प्रतियोगितामा व्यक्तिगत प्रतिस्पर्धामा स्वर्णपदक जित्ने खेलाडीलाई नगद १५ हजार, रजत पदक जित्नेलाई १० हजार र कास्य पदक जित्ने खेलाडीलाई ५ हजार रुपैयाँबाट सम्मानित गरिएको पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले बताए । उनका अनुसार समूहगतमा स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई भने समान ५÷५ हजार रुपैयाँबाट सम्मानित गरिएको थियो ।

महानगरको तथ्यांक अनुसार एकल र समूहमा गरी २६ जना खेलाडीले स्वर्ण पदक जितेका थिए । एकल र समूहमा गरी ३२ जनाले रजत पदक र समूहमा र व्यक्तिगत रुपमा १२५ जना खेलाडीले कास्य पदक जितेका थिए । शुक्रबारको सम्मान कार्यक्रममा प्रशिक्षकलाई नगद ५ हजारसहित सम्मानपत्रबाट सम्मानित गरिएको थियो । व्यवस्थापकलाई भने सम्मानपत्रबाट सम्मानित गरिएको महानगर खेलकुदले जनाएको छ ।

पोखरा महानगरपालिकाबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा २५० भन्दा बढी खेलाडीहरुले विभिन्न ३६ वटा खेलमा सहभागिता जनाएका थिए । गण्डकी प्रदेशका ८ जिल्लामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेलहरु आयोजना गरिएको थियो । असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म आयोजित प्रतियोगितामा महानगरबाट पदक विजेता खेलाडीहरुलाई महानगरपालिका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार,विभिन्न वडाका वडाध्यक्ष लगायतले सम्मान गरेका थिए । महानगरले खेलाडी सम्मानको लागि १७ लाख रुपैयाँ बजेट छुट्टाएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…