
पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पछि पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित मन्थ्ली मेडलको उपाधि क्याप्टेन राजेन्द्र गौचनले जितेका छन् ।
६९ पारको हिमालयन कोर्षमा भएको प्रतिस्पर्धा फूल ह्याण्डीक्यापमा प्रतिस्पर्धा गराईएको थियो । प्रतिस्पर्धामा गौचनले बलराम थापालाई पराजित गर्दै उपाधि जितेका हुन् । उनले ५ ओभर ७४ स्कोरको कार्ड बनाउँदै उपाधि जित्दा थापा भने काउण्ट व्याकमा पराजित हुन पुगे । समान ७४को कार्ड बनाएपनि थापा काउण्ट व्याकमा पछि परेका हुन् ।
ग्रस तर्फको पुरस्कार भने लेफ्टिनेन्ट कर्णेल याम रानाले जिते । पाहुना खेलाडीको पुरस्कार खोपजंग गुरुङले प्राप्त गरे । उनले ६९ को लेभलपार खेले । त्यस्तै मेजर गुप्तमान गुरुङ भने ८२ को कार्ड बनाउँदै उपविजेतामा चित्त बुझाए ।
प्रतियोगिताको लागि बेलायती सेनामा कार्यरत तथा रिटार्यड खेलाडीहरु पाहुना(गेष्ट)को रुपमा छुट्टै प्रतिस्पर्धा गरेका थिए । मन्थ्ली मेडलमा २८ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए । विजेता खेलाडीहरुलाई कास्की जिल्ला गल्फ संघका उपाध्यक्ष ज्ञानकाजी गुरुङले पुरस्कार बाँडे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…