
पोखरा –पोखरामा आयोजित अन्तराष्ट्रिय टेनिस महासंघ(आईटिएफ) जुनियर ५ टेनिस प्रतियोगिताको सर्किट १ को उपाधि चाईनिज ताईपेईका केहाउ हङले जितेका छन् । पोखरा रंगशाला टेनिस कोर्टमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा हङले चाईनिज ताईपेईका चेन हुईहोलाई ६–०, ६–१ सोझो सेटले पराजित गर्दै सर्किट १ च्याम्पियन बनेका हुन् ।
नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबार पोखरा रंगशालामा भएको महिला एकलतर्फ भारतकी दुर्गाङ्सी कुमारले भारतकै श्रीनिधी बालाजीलाई ६–४ र ७–६ ले पराजित गरिन् ।
प्रतियोगिता अन्तर्गत मेन्स डबल्सतर्फ भारतका सागर कुमार र स्वस्तीक शर्मााको जोडीले कोरियाका डोङ योङ युम र मलेसियाका केगन केथ जोनाथन जोडीबाट वाकओभर पाउँदै विजयी बने । त्यस्तै, महिला डबल्सफर्त भारतका श्रीनिधी बालाजी र लक्ष्मीश्री डण्डुको जोडीले भारतकै काइरा सिद्धार्थ चेत्नानी र दुर्गाङसी कुमार जोडीसंगको अन्तिम भेटमा ६–२, ६–२ को सहज जित निकाल्दै च्याम्पियन बने ।
विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ्गले पुरस्कृत गरे । पुरस्कार वितरण समारोहमा बोल्दै समापन समारोहका विशेष अतिथि खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ्गले टेनिस खेलले गण्डकी प्रदेशकै खेलकुदको शान उँचो पारेको बताए । अन्र्तराष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताहरुले खेलसंगै पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान पु¥याएको उनले बताए । प्रतियोगितामा विभिन्न ९ राष्ट्रका ९८ खेलाडीले सहभागिता जनाएका थिए । आईतबारदेखि सर्किट २ अन्तर्गतका प्रतियोगिता सञ्चालन हुने छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…