
काठमाडौं-नेपाली मुआथाई टोली भारतको त्रिपुरा अग्रतलामा आयोजना हुने प्रथम दक्षिण एशियाली मुआथाई सम्मेलन सहभागि हुन प्रस्थान गरेको छ । भारतमा आगामी डिसेम्बर १५ देखि १७ गतेसम्म हुने सम्मेलनमा नेपाल मुआथाई संघका खेलाडी तथा प्रतिनिधि मंगलबार प्रस्थान गरेका हुन् ।
सम्मेलनमा विशेष गरी दक्षिण एशियाली मुआथाई महासंघको अधिवेशन, रेफी तथा प्रशिक्षक सेमिनार लगायत साम फाईट नाईट समेत हुने जनाइएको छ । सम्मेलनमा महासचिव सुदिप पण्डित, तुलसी थापा मगर र योगकुमार थापाले सहभागिता जनाउने संघका कार्यबहाक अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार रेफ्री सेमिनारमा संघका पण्डित, महिला प्रतिनिधि तथा प्रशिक्षकमा थापामगर र योगकुमारले साम फाईट नाईटको ६७ केजी मुख्य इभेण्टमा प्रतिस्पर्धा गर्ने छन् । फाईट नाइटको मुख्य इभेण्टको पुरस्कार राशी १५ सय अमेरिकी डलर रहेको छ । टोलीलाई कार्यबहाक अध्यक्ष श्रेष्ठले विदाई गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…