
पोखरा-गण्डकी प्रदेश भलिबल संघको आयोजनामा प्रथम गण्डकीस्तरीय पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि पोखरा रंगशालामा शुरु हुदैं छ । नेपाल भलिबल संघ स्वीकृति तथा गण्डकी प्रदेश खेलकुद परिषदको समन्वयमा आयोजना हुने प्रतिस्पर्धामा गण्डकी प्रदेशका ११वटै जिल्लाको सहभागिता रहने गण्डकी प्रदेश भलिबल संघका महासचिव टहलसिंह थापामगरले जानकारी दिए । कास्की, तनहुँ, स्याङजा,बाग्लुङ, पर्वत, म्याग्दी, लमजुङ, नवलपुर, मनाङ र मुस्ताङ जिल्लाको सहभागिता रहने छ ।
पोखरा रंगशाला भलिबल कोर्टमा हुने प्रतिस्पर्धा बेष्ट अफ फाईभमा खेलाईने छ । प्रतियोगिताका संयोजक एवं उपाध्यक्ष रमेश रानाका अनुसार प्रतियोगिता लिगमा खेलाईने छ । प्रतियोगिताको विजेताले २ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । उपविजेताले नगद १ लाख रुपैयाँ पाउँदा तेस्रो र चौथो(सान्त्वना) हुने टोलीले पनि ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
सर्वोत्कृष्ठ खेलाडीले २० हजार रुपैयाँर राशीको पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाईकर र प्रशिक्षकले जनही १०÷१० हजार रुपैयाँ प्राप्त गर्ने छन् । विभिन्न जिल्लाले प्रतियोगिताको लागि टिम छनोट गरिसकेको छ । बुधबारदेखि शुरु हुने प्रतियोगिता पुस १० गतेसम्म चल्ने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…