आहा रारा पोखरा गोल्डकपको पुरस्कार राशी बृद्धि

- १० टोलीको टुंगो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ५ गते २०७९ मा प्रकाशित


पोखरा-मुख्य प्रायोजकले तेस्रो पटक सम्झौता नविकरण गरेसँगै सहारा क्लबले यही पुस १४ गतेदेखि पोखरा रंगशालामा खेलाउने आहा रारा गोल्डकपको २२ औं सस्करणको पुरस्कार राशीमा बृद्धि गरेको छ । मुख्य प्रायोजक रहँदै आएको हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउले दशवर्षे सम्झौता गरेसँगै क्लबले गोल्डकपको नाम समेत परिवर्तन गरेको छ । आहा रारा गोल्डकपबाट आहा रारा पोखरा गोल्डकप बनाउँदै क्लबले पुरस्कार राशी बढाएको हो ।

सहारा क्लबले २२ औं संस्करणको विजेतालाई १२ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । दश टोलीको सहभागिता निश्चित भईसकेको छ । विजेताले १२ लाख रुपैयाँ पाउँदा उपविजेताले ६ लाख रुपैयाँ पाउने छ । २२ औं सस्करणमा नेपाल ए.पी एफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, धरान फुटबल क्लब, अमेरिककाको बीवाईएससी एम र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने क्लबका महासचिव रामजीप्रसाद अधिकारी्दवारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यही पुस १३ गतेदेखि पोखरा रंगशालामा शुरु हुने गोल्डकप एकदिन पछि सारिएको छ । पुस १३ गते स्पेनिस फुटबल क्लबसँग गण्डकी प्रदेशको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने निर्णयसँगै मिति एकदिन पछाडि सारिएको हो । प्रतियोगितालाई पहिलो संस्करणदेखि मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा.लिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएको छ ।

उत्कृष्ट पाँच विधाको पुरस्कार सुर्य बहादुर के.सी. स्मृतिमा प्रदान गरिने छ । सह उप प्रायोजक मुल्बेरी इन्स्टिच्युट अफ हस्पिटालिटी र चरक मेमोरियल हस्पिटल प्रा.लि. नागढुंगा, एजुकेसन पार्टनर हिमाश कन्सल्टेन्सी ,अफिसियल बैंक लुम्बिनी विकास बैंक रहेका छन् ।
सर्वोत्कृष्ठ राष्ट्रिय फुटबल खेलाडी पुरस्कार प्रायोजक सहारा क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले गर्दै आएका छन् पोखरा फेयर प्ले पुरस्कार प्रायोजक रुपाकोट ज्योति सुनचाँदी पसल महेन्द्रपुलले गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र अखिल नेपाल फुटबल संघ र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुद विकास समिति र कास्की जिल्ला फुटबल संघ, सहारा क्लब यु.के, हङ्गकङ्ग र अष्ट्रेलियाको समेत बिशेष सहयोग रहेको छ । पेखरा महानगरपालिकाको प्रवद्र्धकको भूमिकामा छ । प्रतियोगिताको कुल अनुमानित आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैया र कुल अनुमानित खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान गरिएको छ । गत वर्षको विजेता ए.एपीएफ क्लब र उपविजेता मनांग मस्र्यान्य्दी क्लब बनेको थियो । प्रतियोगितामा वचत रकम क्लबबाट संचालित सुर्य बहादुर के.सी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ ।