
पोखरा-दोस्रो मेयर कप साईकल रेसको पुरुष तर्फको उपाधि हिक्मत विकले जितेका छन् । महिला तर्फको प्रतिस्पर्धामा लक्ष्मी मगरले जित्न सफल भईन् । विक नवौं राष्ट्रिय खेकलुद प्रतियोगिताका रोड रेस विजेता समेत हुन् । पोखरा–२१ कमेरेबाट शुरु भएको साईकल रेस रामदी, मट्टिखान, धुवाँरकोट, ठकुरीगाँउ, कृष्ति, बाघखोर, भालुडाडाँ हुदैं कमेरेमा दुरी तय गरिएको छ । दुरी २५ किलोमिटरको छ । तय गरिएको रुटलाई दुई फन्को लगाउँदै ५० किलोमिटरको दुरी गरेका थिए ।
महिला र पुरुष प्रतिस्पर्धीले ५० किलोमिटरको दुरी पुरा गरेका थिए । पुरुष तर्फको प्रतिस्पर्धामा सन्दिप सुन्धौली दोस्रो स्थानमा रहे । महिला तर्फको प्रतिस्पर्धामा सुधा राईले दोस्रो भईन् । तेस्रो स्थानमा भने सोफिया विश्वकर्मा आईन् ।
पोखरा महानगरपालिकाको आयोजना, साईक्लिङ संघको सहयोगमा र साईकल सिटी पोखराको समन्वयमा आयोजित प्रतियोगिताका विजेता खेलाडीहरुलाई विभिन्न व्यक्तित्वले नगद पुरस्कार प्रदान गरेका थिए । महिला तथा पुरुष विजेताले समान ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । पुरुष तर्फ १८ जना र माष्टर्स तर्फ ६ जनाले सहभागिता जनाएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…