
पोखरा-पोखरामा आयोजित दोस्रो मेयर कप साईकल दौड प्रतियोगिता उपाधि पुरुष तर्फ हिक्मत विकले जितेका छन् । बुधबार पोखरा–२१ कमेरेबाट शुरुभएको रेस मट्टिखान हुदैं विभिन्न ठाँउ घुमेर कमेरेमै आएर टुंगिएको थियो । ५० किलोमिटरको दुरी(दुई फन्को लगाएर)लाई विकले ३ घण्टा १२ मिनेटमा पुरा गर्दै उपाधि जिते ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा साईक्लिङ संघ कास्कीको प्राविधिक सहयोग र साईकल सिटीको समन्वयमा भएको प्रतिस्पर्धामा सन्दीप सुन्धौलीले ३ घण्टा २८ मिनेट ३४ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा आए । त्यसैगरी सुमित गुरुङले निर्धारित ५० किलोमिटरको दुरीलाई ३ घण्टा ४८ मिनेट ०९ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा रहे ।

महिला तर्फको सोही इभेण्टमा लक्ष्मी मगरले उपाधि आफनो नाममा लेखाईन् । उनले ५० किलोमिटरको दुरीलाई ३ घण्टा ३९ मिनेट ४९ सेकेण्डमा पुरा गर्दै उपाधि जित्दा अन्य दुई खेलाडीले भने दुरी पुरा गर्नै सकेनन् । सुधा राईले दोस्रो स्थान रहँदा सोफिया विश्वकर्मा तेस्रो स्थानमा आईन् । राई र विश्वकर्माले दुई ल्याप गरेर ५० किलोमिटरको दुरी पार गर्न सकेनन् । दुवैले केवल एक ल्याप(२५ किलोमिटर) मात्रै गरेको पोखरा महानगरपालिका खेलकुद विकास समितिले जनाएको छ ।
त्यसैगरी ४० वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा नयन मानन्धरले ३ घण्टा ५१ मिनेट १६ सेकेण्डमा पुरा गर्दै माष्टर्सको उपाधि जिते ।४ घण्टा १ मिनेट २५ सेकेण्डमा पुरा गर्दै देवबहादुर बोहोराले दोस्रो स्थानमा आउँदा ५ घण्टा ८ मिनेट २७ सेकेण्डमा पुरा गरेका बावुराम विश्वकर्मा तेस्रो स्थानमा रहे । कमल गुरुङ र जाम्फेल ढुण्डुपले सान्त्वना पुरस्कार थापे ।
प्रतियोगितामा महिला तर्फ ३ जनाले सहभागिता जनाएका थिए । पुरुष तर्फको प्रतिस्पर्धामा १८ जना र माष्टर्स(४०वर्षमाथिको) उमेर समूहमा ६ जनाले सहभागिता जनाएका थिए । महिला तथा पुरुष विजेतालाई नगद ३०÷३० हजार प्रदान गरिएको थियो । दोस्रो हुनेलाई २० हजार र तेस्रो हुने दुवैलाई १० हजार रुपैयाँ प्रदान गरिएको थियो । माष्टर्स तर्फको विजेताले १०, ७ र ५ हजार पाउँदा सान्त्वनाले समेत समान ५÷५ हजार रुपैयाँ प्राप्त गरे । विजेता खेलाडीहरुलाई विभिन्न व्यक्तित्वले नगद पुरस्कार प्रदान गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…