सोमबारदेखि १९औं माछापुच्छ्रे बैंक ओपन टेनिस प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ८ गते २०७९ मा प्रकाशित


प्रतियोगिताबारे जानकारी दिदैं संयोजक नविन चालिसे ।

पोखरा-पोखरा रंगशाला टेनिस एरिनामा आगामी सोमबारदेखि १९ औं संस्करणको माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुदैं छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा विभिन्न १२ वटा इभेण्ट्मा प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोगिता पुस ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने छ ।

पोखरा–५ पस्र्याङस्थित टेनिस कोर्टबाट २०५९ सालदेखि शुरु भएको भेट्रान्स प्रतियोगिता पोखरा रंगशालाको टेनिस कम्प्लेक्समा आईपुग्दा १९ औं वर्ष पुगेको छ । दुई वर्ष संघले टेनिस प्रतियोगिता आयोजना गरेन । एक वर्ष कोभिडले स्थगित गरियो भने अर्को वर्ष पोखरा रंगशालामा टेनिस कोर्ट निर्माण हुदैं गर्दा स्थगित गरिएको थियो ।

सोमबारदेखि शुरु हुने प्रतियोगितामा १५० जना खेलाडीहरुले सहभागिता जनाउने छन् । नेपालका शीर्ष बरियता खेलाडीहरुसहित भारतबाट ५ जना प्रतियोगिता खेल्नै पोखरा आईपुगेको प्रतियोगिता निर्देशक राजन पौडेलले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा भुटान, बेलायतमा बस्ने नेपाली समुदायबाट समेत खेलाडीको सहभागिता रहने छ । नेपालमा बस्ने फ्रान्सेली नागरिकले पनि प्रतियोगितामा उपस्थिति जनाउने छन् ।

संघले केही हप्ता अघि मात्रै पोखरामा अन्तराष्ट्रिय टेनिस महासंघ(आईटिएफ)को जे–५ पोखरा सर्किट १ र २ प्रतियोगिता सम्पन्न गरेको थियो । संघले टेनिसको विकासको लागि आगामी महिना जुनियर च्याम्पियनसिप समेत आयोजना गर्ने प्रतियोगिताका संयोजक एवं कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष नविन चालिसेले जानकारी दिए ।

प्रतियोगितामा पुरुष एकल तथा महिला एकल तर्फका विजेताले नगद ८० हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी उपविजेताले समान ४०÷४० हजार रुपैयाँ प्राप्त गर्ने संयोजक चालिसे सुनाए । एकल तर्फ दुई सेमिफाईनलिष्ट महिला तथा पुरुषले १०÷१० हजार प्राप्त गर्ने छन् । पुरुष युगल र महिला युगल विजेताले ३०÷३० हजार पाउँदा उपविजेताले १५÷१५ हजारको पुरस्कार राशी पाउने छन् । सेमिफानलिष्टको हकमा पनि १०÷१० हजार रुपैयाँ प्रदान गरिने छ ।

पुरुष एकलसँगै ३५, ४५, ५५ र ६५ वर्ष माथिको उमेर समूहमा समेत प्रतिस्पर्धा गराईने संघले जनाएको छ । ६ वटा कोर्टमा प्रतियोगिता खेलाईने छ । ३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा विजेताले ६० हजार उपविजेताले ३० हजार र सेमिफाईनलिष्ट खेलाडीद्वयले १०÷१० हजार राशीको पुरस्कार पाउने छन् । युगल तर्फको इभेण्टमा विजेताले २० हजार र उपविजेताले १० हजार पाउँदा अन्तिम चारमा प्रवेश गर्ने अन्य दुई खेलाडीको हकमा पनि नगद १० हजार रुपैयाँ प्रदान गरिने संघले उल्लेख गरेको छ ।

४५ वर्षमाथिको उमेर समूहका विजेताले नगद ४० हजार रुपैयाँ प्राप्त गर्ने छन् । उपविजेताले नगद २० हजार र सेमिफाइनल खेल्ने खेलाडीले १० हजारसहित पदक तथा प्रमाणपत्र पाउने छन् । युगल तर्फ विजेताले २० हजार र उपविजेताले १० हजार तथा सेमिफाईनलिष्टले १० हजार थाप्ने छन् । ५५ वर्षको उमेर समूहको एकलले ३० हजार उपविजेताले १५ हजार र सेमिफाईनल खेल्ने खेलाडीले १० हजार पुरस्कार पाउँदा युगल प्रतिस्पर्धाको विजेताले २०, उपविजेताले १० र सेमफिाईनलिष्टले पनि १० हजार पाउने छन् । ६५ वर्ष माथिको उमेर समूहको प्रतिस्पर्धामा विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय पाउदाँ सेमिफाईनलिष्टले २ हजार ५ सय रुपैयाँसहित पदक तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितालाई माछापुच्छ्रे बैंकले मुख्य प्रायोजन गर्दै आएको छ ।