प्रदीप खड्का अन्तिम चारमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १४ गते २०७९ मा प्रकाशित


पोखरा-१९ औं माछापुच्छ्रे बैंक राष्ट्रिय खुल्ला तथा भेट्रान्स टेनिसको सेमिफाईनल समीकरण पुरा भएको छ । नेपालका शीर्ष बरियताका खेलाडी प्रदीप खड्काको जितसँगै सेमिफाईनल समीकरण पुरा भएको हो । पोखरा रंगशाला टेनिस एरिनामा भएको प्रतिस्पर्धामा खड्काले पोखराकै सौगात विकलाई सोझो सेटमा पराजित गर्दै अन्तिमचारमा प्रवेश गरेका हुन् ।

खड्काले सौगातलाई पहिलो सेटमो जित निकाल्न निकै कठिनाई व्यहोरे । पहिलो सेट ७–५ को स्थितिमा लिएका खड्कालाई सौगातले निकै चुनौति दिए । तर दोस्रो सेट भने सहजै खड्काले आफनो पक्षमा पारे । उनले दोस्रो सेट ६–३ ले लिएको प्रतियोगिताका निर्देशक राजन पौडेलले जनाए ।। खड्काले अब फाईनल प्रवेशको लागि बुटवलका ऋतिक रानासँग प्रतिस्पर्धा गर्ने छन् । अर्को सेमिफाईनल खेल अकिजुवेन रावत र प्रणव खनाल बीच हुने छ ।

त्यसैगरी महिला तर्फको सेमिफाईनल प्रतिस्पर्धामा अभिलाषा विष्टले सोनिरा थापासँग प्रतिस्पर्धा गर्दा सर्वानी श्रेष्ठले प्रकृति श्रेष्ठसँग खेल्ने छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा सञ्चालितप्रतियोगितामा पुरुष एकल तथा महिला एकल तर्फका विजेताले नगद ८०/ ८० हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी उपविजेताले समान ४०/४० हजार रुपैयाँ प्राप्त गर्ने छन् । एकल तर्फ दुई सेमिफाईनलिष्ट महिला तथा पुरुषले १०/१० हजार प्राप्त गर्ने छन् ।