
पोखरा-६५ वर्षमाथिको उमेर समूहको भेट्रान टेनिस प्रतियोगिताको उपाधि कमल थापाले जितेका छन्। शुक्रबार बिहान भएको फाईनल प्रतिस्पर्धामा पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले बिदुर विष्टलाई ४–१, ४–० को सेटमा पराजित गर्दै उपाधि जितेका हुन्।
कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा आयोजित १९ औं माछापुच्छ्रे बैंक खुल्ला तथा भेट्रान्स टेनिस प्रतियोगितामा खुल्ला पुरुष तर्फ प्रदीप खड्का र प्रणव खनाल उपाधि प्रतिस्पर्धा हुने छ।
पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको सेमिफाईनलमा नेपालका शीर्ष बरियताका प्रदीपले बुटवलका ऋतिक रानालाई पराजित गर्न निकै कठिन भयो। दुवै सेट टाइब्रेकमा लिन पुगे। खड्काले ७–६, ७–६ को सेटमा रानाको चुनौति पन्छाउँदै फाईनल यात्रा तय गरेका हुन्।
यसैगरी प्रणव खनालले अकिजुवेन रावतलाई भने सोझो सेटमा पराजित गर्दै उपाधि भेट प्रदीपसँग बनाए। खनाल पोखरामा आयोजित नवौं राष्ट्रिय प्रतियोगितामा समेत प्रदीपसँग पराजित भएका थिए। खनालले रावतलाई ६–३, ६–३ को सेटमा पन्छाउँदै उपाधि निकट पुगेका हुन।
महिला तर्फको प्रतिस्पर्धामा अभिलाषा विष्टले फाईनल सुरक्षित गरेकी छन्। उनले सोनिरा थापालाई सोझो सेटमा पन्छाईन्। पहिलो सेट ६–१ मा लिएकी विष्टले दोस्रो सेटपनि ६–२ मा लिदैं फाईनल प्रवेश गरेकी हुन् । उनले उपाधिको लागि सर्वानी श्रेष्ठसँग प्रतिस्पर्धा गर्ने प्रतियोगिताका निर्देशक राजन पौडेलले जानकारी दिए । सर्वानीले प्रकृति श्रेष्ठलाई ६–४, ४–६, ६–१ को सेटमा पराजित गरिन्।
३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा कमल भण्डारीले छेवाङ लामालाई सोझो सेटमा पन्छाउँदै फाईनल प्रवेश गरेका छन् । भण्डारीले ६–३, ६–१ को सेटमा पराजित गरेका थिए। भण्डारीले उपाधिको लािग जितेन्द्र परियारसँग खेल्ने छन्। जितेन्द्रले सान्तोष खत्रीलाई ६–३, ६–४को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेका हुन्।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…