
पोखरा-प्रणव खनालको चुनौतिलाई संघर्षपूर्ण रुपमा पन्छाउँदै १९ औं माछापुच्छ्रे बैंक खुला टेनिस प्रतियोगिताको उपाधि प्रदीप खड्काले जितेका छन् । पोखराकै टेनिस कोर्टमा प्रणव खनाललाई नेपालका शीर्ष बरियताका प्रदीप खड्कासँग दोस्रो पटक पराजित हुन पुगे । शनिबार भएको फाईनल प्रतिस्पर्धामा प्र्रदीपले ६–३, १–६ र ७–५ को सेटमा पन्छाउँदै नगद ८० राशीको पुरस्कारसहित च्याम्पियन बने ।
महिला तर्फको उपाधि भने अभिलाषा विष्टले जितिन् । उनले सर्वानी श्रेष्ठलाई सोझो सेटमा पन्छाईन् । सर्वानीलाई ६–२, ६–४ को सेटमा पराजित गर्दै उपाधि आफनो नाममा लेखाईन् । कमल भण्डारीलाई सोझो सेटमा पराजित गर्दै जितेन्द्र परियारले ३५ वर्षमाथि उमेर समूहको टेनिस उपाधि जितेका छन् । शनिबार पोखरा रंगशाला टेनिस कोर्टमा भएको फाईनलमा भण्डारीलाई ६–०, ७–५ को सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् ।

त्यसैगरी ४५ वर्षमाथिको उमेर समूहको उपाधि भने रोहित सुनुवारले आफनो नाममा लेखाएका छन् । सुुनुवारले विमल गुरुङलाई ६–४, २–६ र १०–४ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । प्रतियोगितामा पुरुष एकल तथा महिला एकल तर्फका विजेताले नगद ८० हजार रुपैयाँ गरे । त्यसैगरी उपविजेताले समान ४०/४० हजार रुपैयाँ प्राप्त गरेका छन् । एकल तर्फ दुई सेमिफाईनलिष्ट महिला तथा पुरुषले समान १०/१० हजार प्राप्त गरे । पुरुष युगल र महिला युगल विजेताले ३०/३० हजार पाउँदा उपविजेताले १५÷१५ हजारको पुरस्कार राशी पाए । सेमिफानलिष्टलाई १०.१० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा विजेताले ६० हजार, उपविजेताले ३० हजार र सेमिफाईनलिष्ट खेलाडीद्वयले १०/१० हजार राशीको पुरस्कार पाए । युगल तर्फको इभेण्टमा विजेताले २० हजार र उपविजेताले १० हजार पाउँदा अन्तिम चारमा प्रवेश गर्ने अन्य दुई खेलाडीको हकमा पनि नगद १० हजार रुपैयाँ प्रदान गरिएको कास्की जिल्ला टेनिस संघले जनाएको छ ।
४५ वर्षमाथिको उमेर समूहका विजेताले नगद ४० हजार, उपविजेताले नगद २० हजार र सेमिफाइनल खेल्ने खेलाडीले १० हजारसहित पदक तथा प्रमाणपत्र पाएका छन् । युगल तर्फ विजेताले २० हजार र उपविजेताले १० हजार तथा सेमिफाईनलिष्टले १० हजार थापे । ५५ वर्षको उमेर समूहको एकलले ३० हजार उपविजेताले १५ हजार र सेमिफाईनल खेल्ने खेलाडीले १० हजार पुरस्कार पाउँदा युगल प्रतिस्पर्धाको विजेताले २०, उपविजेताले १० र सेमफिाईनलिष्टले पनि १० हजार प्राप्त गरे । ६५ वर्ष माथिको उमेर समूहको विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय पाउदाँ सेमिफाईनलिष्टले २ हजार ५ सय रुपैयाँसहित पदक तथा प्रमाणपत्र प्राप्त गरेकाछन् । प्रतियोगितालाई माछापुच्छ्रे बैंकले मुख्य प्रायोजन गर्दै आएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…