दोस्रो मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता भोलिदेखि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १८ गते २०७९ मा प्रकाशित


पोखरा-मंगलबारदेखि पोखरामा आयोजना हुने दोस्रो मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शुरु हुदैं छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पौष १९ गतेबाट २३ गते सम्म सञ्चालन हुने छ ।

कुल १४ वटा इभेन्टमा ३७ जना खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताका प्रतियोगिताका निर्देशक राजन पौडेलले जानकारी दिएका छन् । प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गल्र्स सिंगल्सका साथै ओपन ब्वाईज तथा गल्र्स डबल्स गरी विभिन्न १४ ईभेन्टमा प्रतिस्पर्धा हुनेछ । जुनियरतर्फ यू–८, यू–९ र यू–१०, ब्वाईज तथा गल्र्स एकल बिजेता तथा उपबिजेताले गिफ्ट ह्याम्पर तथा पदक प्राप्त गर्ने छन् ।

यू–१२ ब्वाईज तथा गल्र्स एकल बिजेताले जनही नगद रु ८ हजार तथा उपबिजेताले जनही नगद रु ५ हजार सहित मेडल प्राप्त गर्ने प्रतियोगिताकी संयोजक प्रिती बरालले जानकारी दिएकी छन् ।

यू–१४ ब्वाईज तथा गल्र्स एकल बिजेताले समान जनही नगद १२ हजार, उपबिजेताले समान जनही नगद ६ हजारसहित मेडल प्राप्त गर्ने छन । यू–१६ ब्वाईज तथा गल्र्स एकल बिजेताले समान जनही नगद १५ हजार उपबिजेताले समान जनही नगद ७ हजार ५ सय तथा ब्वाईज तथा गल्र्स ओपन युगलतर्फ बिजेताले समान जनही नगद१५ हजार उपबिजेताले समान जनही नगद रु ७ हजार ५ सय रुपैयाँसहित पदक प्राप्त गर्ने संयोजक बरालले जानकारी दिएकी छन् ।