
पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरीमा गण्डकी प्रदेशका पदक जितेका खेलाडी तथा प्रशिक्षक पोखरामा सम्मानित भएका छन् ।शनिबार गण्डकी प्रदेश आर्चरी संघ, कास्की जिल्ला आर्चरी संघ र अन्नपूर्ण आर्चरी क्लवले संयूक्तरुपमा पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेका हुन् ।
पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत आर्चरीमा गण्डकी प्रदेश ७ स्वर्ण, ४ वटा रजत र एक कास्य पदक जित्दै च्याम्पियन भएको थियो ।
पदक विजेता खेलाडीलाई साउथ एशियन तथा नेपाल आर्चरी संघका केन्द्रिय अध्यक्ष दीपक गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका निमित्त सदस्य सचिव घनश्याम पौडेल, गण्डकी प्रदेश आर्चरी संघका अध्यक्ष बसन्त थकाली, कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचन, अन्नपूर्ण आर्चरी संघका अध्यक्ष बसन्त गौचनले अविर, माला र सम्मानपत्रले सम्मान गरे ।
कार्यक्रममा बोल्दै साउथ एशियन आर्चरी संघ तथा नेपाल आर्चरी संघका केन्द्रिय अध्यक्ष गुरुङले गण्डकी प्रदेशमा आर्चरीको सुविधा सम्पन्न खेल मैदान रहेको भन्दै राष्ट्रिय टिममा पर्ने गरि तयारी गर्न खेलाडीहरुलाई आग्रह गरे । उनले भने, ‘१९ औं एशियन गेम्स सन् २०२३ को सेप्टेम्बरको अन्तिम सातादेखि हुँदैछ, अव केही दिनमा राष्ट्रिय टिमको छनौट हुन्छ, सो टिममा पर्ने गरि मिहिनेत गर्नुहोला ।’
कार्यक्रममा प्रदेश खेलकुद परिषदका निमित्त सदस्य सचिव पौडेलले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गर्दै अवको २ वर्षमा हुने १० औं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरुको तयारीमा लाग्न आग्रह गरे । खेलकुदका विभिन्न गतिवीधिहरु नियमित सञ्चालन गर्न सके खेलाडीहरुमा प्रोहोत्सान हुने र खेलाडी पलायनको अवस्था नआउने उनले बताए । उनले प्रदेशमा सञ्चालन हुने विभिन्न खेलहरुलाई व्यवस्थित , विस्तार र प्रचार गर्न प्रदेश खेलकुद परिषद सहयोगका लागि तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे ।
पाँचौं राष्ट्रिय खेलकुदमा प्रर्दशनी खेलका रुपमा समावेश भएको आर्चरीको छैटौंमा मेडल गणना भएको थियो, सातौं र आठौंमा मेडल गणना भएन भने नवौंमा समान् १३ स्वर्ण, रजत र कास्य पदकका लागि प्रतियोगिता भएको थियो ।


पोखरा-क्याराभान गोल्डकपबाट सहाराले गोल्डकपको बामे सार्न थालेको २५ वर्ष पुरा गर्ने क्रममा पहिलो पटक सहाराले पाहुना टोलीलाई उदघाटन खेलमा सत्कार गर्ने तयारी गरेको छ । आईतबार सार्वजनिक गरिएको खेल तालिका अनुसार क्लबले पहिलो पटक विदेशी टोलीसँग उदघाटन खेल्दै…
पोखरा-त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक…