
पोखरा-तेस्रो संस्करणको टाईगर कप भलिबल प्रतियोगिताको उपाधिको लागि गण्डकी प्रदेशले सशस्त्र प्रहरी बलसँग प्रतिस्पर्धा गर्ने छ । दोस्रो सेमिफाईनल खेलमा त्रिभुवन आर्मी क्लबको चुनौतिलाई सोझो सेटमा पन्छाउँदै गण्डकी फाईनल सुरक्षित गर्यो ।
टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको दोस्रो सेमिफाईनलमा आर्मीलाई गण्डकीले ३–० सेटमा पराजित गर्यो । लिग चरणमा पाँच सेट खेलेको आर्मीले गण्डकी प्रदेशसँग सेमिफाईनलमा उत्साहित खेल प्रदर्शनबाट चुक्यो ।
गण्डकी प्रदेशले निकै कठिन र प्रतिस्पर्धात्मक खेलमा पहिलो सेटमा २५–२३ मा पराजित गर्दै आर्मीमाथि दबाव सृजना गर्यो । दोस्रो सेटमा पनि आर्मीलाई कुनै मौका नदिई २५–२३ मै लिएर गण्डकी आर्मीमाथि हावी बन्यो । लिग चरणमा पाँचौ सेटसम्म खेल्दै सेमिफाईनल सुरिक्षत गरेको गण्डकीले तेस्रो सेट भने २५–१६ मा लिदैं फाईनल सुरक्षित गर्यो ।
गण्डकीले दुई पाकिस्तानी खेलाडीलाई कोर्टमा उतारेको थियो । महिला तथा पुरुष क्लबस्तरीय भलिबल च्याम्पियनसिप विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले २ लाख, तेस्रो स्थानमा रहने क्लबले १ लाख २५ हजार र चौथो टोलीले ६५ हजार नगदराशी प्राप्त गर्ने छन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…