
पोखरा-आगामी बैशाख तेस्रो साता सातौं पोखरा स्पोर्टस अवार्ड गर्ने निर्णय गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ आगामी बैशाख २२ गते शुक्रबार गर्ने निर्णय गरेको छ ।
खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार पोखरा रंगशालामा बसेको १९ औं बैठकबाट अवार्ड कार्यक्रम आगामी बैशाख २२ गते गर्ने निर्णय गरी तयारी शुरु गरिएको मञ्चले जनाएको छ । बैठकले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले स्थापना गर्न लागेको अक्षयकोषमा पन्ध्र हजार रुपैयाँ प्रदान गर्ने समेत निर्णय गरेको मञ्चले उल्लेख गरेको छ ।
मञ्चका अध्यक्ष दीनानाथ बरालले अवार्ड कार्यक्रमलाई भव्य बनाउन सबैको साथ सहयोग आवश्यक रहेको बताए । ‘हामीले सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डलाई उत्कृष्ट बनाउन आजबाट तयारी शुरु गरेका छौ, सबैको साथले कार्यक्रम भव्य बन्ने विश्वास छ’ बरालले भने । मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने अध्यक्ष बरालले खुलाए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…