
पोखरा-पोखरामा आयोजित राष्ट्रिय फेन्सिङको ईपी इभेण्ट प्रतिस्पर्धामा सशस्त्र प्रहरी बल च्याम्पियन बन्दा जुनियर तर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ ।
पोखरा रंगशालामा भएको राष्ट्रिय फेन्सिङ अन्तर्गत ईपी प्रतिस्पर्धमा महिला तर्फ सशस्त्र प्रहरी बलकी सारदा मल्ल च्याम्पियन भईन् । उनले गण्डकी प्रदेशकी कृपा गुरुङलाई पराजित गर्दै च्याम्पियन बनेकी हुन् । सुदुर पश्चिमकी रेस्मा जैसी तेस्रो हुदाँ एपीएफकी अनिता कार्की पनि तेस्रो स्थानमा रहिन् ।
पुरुष तर्फको प्रतिस्पर्धा सशस्त्र प्रहरीबलका सागर थापा च्यापिम्पयन बने । उनले गण्डकी प्रदेशका प्रशान्त गुरुङलाई पराजित गर्दै च्याम्पियन बनेका हुन् । त्यसैगरी गण्डकी प्रदेशका विजय अधिकारी र एपीएफका प्रकाश कुँवर तेस्रो स्थानमा रहे ।पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा जुनियर तर्फ गण्डकी च्याम्पियन बनेको हो ।
कास्की जिल्ला फेन्सिङ संघको प्राविधिक तथा व्यवस्थापनमा आयोजित प्रतियोगितामा गण्डकी, बागमती, सुदूरपश्चिम, प्रदेश १, एपीएफका सहित ६० खेलाडीको सहभागिता रहेको थियो । महिला तथा पुरुष विजेता खेलाडी १५, १० तथा ५/५ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो । विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सदस्य प्रकाश बराल, पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार एवं नेपाल फेन्सिङ संघका पदाधिकारी लगायतले पुरस्कार प्रदान गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…