
महिलाा राष्ट्रिय भलिबल। तस्बिर फाईल ।
पोखरा-पोखरामा केही दिन अघि क्लबस्तरीय महिला तथा पुरुष भलिबल(तेस्रो टाईगर कप) आयोजना गरियो । लगत्तै पोखरा महानगरपालिकाले वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न गर्यो । आगामी फागुन १६ गतेदेखि १९ गतेसम्म सामुदायिक विद्यालयस्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिता आयोजनाको संघारमा छ ।
विद्यालयबाटै भलिबलको विकास गर्ने उद्देश्य सहित सृजना विकास केन्द्रले फागुन तेस्रो साता सामुदायिक विद्यालयस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । कास्की जिल्ला भलिबल सङ्घको सहयोगमा आयोजना हुने प्रतियोगिताले भलिबलमा नयाँ आयाम थप्ने विश्वास समेत लिइएको छ ।
पछिल्लो समय पोखरासँगै गण्डकी प्रदेशकै महिला भलिबलको स्तर निकै खस्किएको छ । पुरानो शाखलाई कायमै राख्ने अभिप्रायले सृजना विकास केन्द्रले वर्षेनी सामुदायिक विद्यालयस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । ‘भलिबलको जग बलियो बनाउने ध्येयसहित प्रतियोगितालाई निरन्तरता दिएका हौं ।’ सृजना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले भने–‘विद्यालयले पनि भलिबललाई प्राथमिकता राख्ने अपेक्षा छ । विद्यालयबाटै भलिबलको विकासमा टेवा पुर्याउन प्रतियोगितामा जुटेका छौं ।’
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदको मूल नारालाई आत्मसात् गरी स्कुल स्कुलमा भलिबल खेल पु¥याउने लक्ष्य सहित प्रतियोगितालाई निरन्तरता दिइएको हो । उनले भने–खेलकुदमा पछि परेको सामुदायिक विद्यालयहरुमा प्रतियोगिताले भलिबल खेलको विस्तार र खेलाडी उत्पादनमा मद्धत पुग्नेछ ।’ गाउँ गाउँबाट नवप्रतिभाहरुले आफ्नो खेल कौशल प्रस्तुत गर्ने अवसर पाउनेमा केन्द्र विश्वस्त रहेको छ । प्रतियोगिताले ग्रामीण भेगका विद्यार्थीले आफनो प्रतिभा उजागर गर्न पाउने विश्वास केन्द्रको छ ।
कास्कीका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मका विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउन पाउने केन्द्रले जनाएको छ । कुल ५० विद्यालयले उपाधिका लागि प्रतिस्पर्धा गर्ने विश्वास आयोजकको छ । प्रतियोगिताको उपाधि विजेता छात्र तथा छात्रा दुवै तर्फकालाई रु एक/एक लाख, उपविजेतालाई रु ६०/६० हजार र तृतीय हुने विद्यालयलाई ३५/३५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक मीनप्रसाद भट्टराईले जानकारी दिए । सर्वोत्कृष्ट छात्र तथा छात्रा दुवैलाई रु पाँच÷पाँच हजार र अन्य छ विधानका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । बचत रकमबाट कोष खडारी गरी जम्मा गरिने खेल विकासमा लगाउने योजना रहेको प्रचार प्रसार संयोजक इन्द्रप्रसाद पौडेलले बताए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…