यु–१९ क्रिकेट टोली पोखरामा प्रशिक्षणमा व्यस्त

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २५ गते २०७९ मा प्रकाशित


पोखरा-यु–१९ विश्वकप छनोट लागि नेपालले यही फेब्रुअरी २४ तारिखमो सिंगापुरसँग खेल्ने छ । एशिया क्षेत्रबाट क्वाईफाईङ हुदैं यु–१९ विश्वकपमा छनोट हुने एकमात्र लक्ष्य नेपाली टोलीले लिएको छ । नेपालले सिंगापुरसँगै २५ तारिखमा कुवेतसँग खेल्ने छ । २६ तारिखमा टोलीले आराम पाउने छ । २७ तारिखमा हङकङसँग प्रतिस्पर्धा गर्ने छ । २८ मा मलेसिया र २ मार्चमा युएईसँग खेल्ने छ । ६ टिम बीचको प्रतिस्पर्धामा शीर्षस्थानमा रहने एक टोलीले यु–१९ विश्वकपमा आफनो स्थान बनाउने छ ।

यु–१९ विश्वकपमा आफनो स्थान बनाउने नेपाली टोली यतिबेला खेलकुदको शहर पोखरामा प्रशिक्षणमा व्यस्त छ । एकहप्तादेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रशिक्षण गरिरहेको छ । पोखराको क्रिकेट मैदानमा पर्याप्त सुविधा नभएपनि नेपाली टोलीका खेलाडीहरु आफुलाई निर्खान व्यस्त छन् । निखार्ने जिम्मेवारी प्रशिक्षक जगत टमटाको काँधमा छ ।

‘टे«निङमा एक्सपोजर चाहिन्छ । जुन पोखरामा छैन् । यद्यपी जुन उपलब्ध छ त्यो नै उपयोग गरेका छौं ।’ प्रशिक्षक टमटाको भनाई छ । पोखरामा क्रिकेट पीच र आउट फिल्ड मात्रै राम्रो भएको उनले स्वीकार्छन् । नेट्स प्राक्टिसको लागि टर्फ विकेट तयारी अवस्थामा छैन् । कंक्रिट विकेट छ, तर उपयोगी छैन् । ‘प्राक्टिसको लागि इण्डोर(फेन्सिङ भित्र)लाई व्यवस्थित बनाउनुपर्छ ।’ टमटाको सुझाव थियो । नेट्सको विकेट तयारी गर्नुपर्ने थियो तर समयमै बनाउन सकिएन् ।

काठमाडौंपछिको उत्कृष्ट क्रिकेट मैदान भनेर यत्रतत्र चर्चा हुने गरेपनि पोखरा रंगशालाको क्रिकेट मैदानलाई व्यवस्थित गर्ने तर्फ सम्बिन्धत निकायहरुको ध्यान छैन् । राष्ट्रिय खेलकुद परिषदले विगतमा बजेट छुट्टाएपनि निकासा नहुदाँ काम हुनै सकेको छैन् । यो वर्षपनि दुई करोड रुपैयाँ क्रिकेट मैदानको लागि छुट्टिएको छ । दुई करोड रुपैयाँले कास्की जिल्ला क्रिकेट संघले प्लेयर बक्स तथा चेन्जिङ रुम बनाउने योजनामा छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै पूर्वसन्ध्यामा साईडस्क्रिन निर्माण गरिएको थियो । त्यसभन्दा अघि २५ लाख रुपैयाँको बजेटबाट मैदान संरक्षण गर्ने फेन्सिङ लगाइएको थियो ।

पर्याप्त सुविधा नभएको मैदानमा यतिबेला यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण चलिरहेको छ । कास्की जिल्ला क्रिकेट संघका उपाध्यक्ष दिपेन्द्र प्रताप चन्दले क्यानका पदाधिकारी समेत भ्रमण गरेका अवस्थामा आवश्यक पूर्वाधार बनाउनुपर्ने खाँचो औंल्याए । ‘हामीसँग जे पूर्वाधार छ त्यही पूर्वाधार उपलब्ध गराउने हो ।’ उनको भनाई थियो । नेपाल क्रिकेट संघ(क्यान)ले पनि पूर्वाधारमा ध्यान जरुरी रहेको उनले बताए । उपाध्यक्ष चन्दले दुई करोड रुपैयाँबाट आवश्यक पूर्वाधारको विषयमा क्यानकै मातहतमा गर्नेभएकोले सोधपुछ गरेर मात्रै अगाडि बढ्ने स्पष्ट पारे ।

‘८÷९ दिनलाई भनेर आएका हौं । एकहप्ता भयो । अब दुई÷तीन दिनपछि काठमाडौं फर्किन्छौं।’ प्रशिक्षक टमटा आफनो योजना सुनाउँछन–‘त्यसपछि खेल अनुभवको बाहिर जान्छौं ।’ उनले युएईमा हुने उक्त छनोट प्रतिस्पर्धामा नेपाल शीर्षस्थानमा रहेर छनोट रहने दावी र विश्वास एकैसाथ लिन्छन् । ‘अरुको अवस्था हेरेर मात्रै रणनीति बनाउने छौं ।’ उनको भनाई थियो ।

नेपालले २०१६ पछि विश्वकप छनोटको खेल खेलेको छैन् । छनोट खेल्ने सबै टोली उत्कृष्ट छन् । कमजोर कोही छैनन् । च्यालेन्ज छ । ‘युएई अरुभन्दा राम्रो छ ।’ प्रशिक्षक टमटा भन्छन–‘बराबर हेरेर योजना बनाई खेल्ने छौं ।’ उमेर समूहको बन्द प्रशिक्षणको उपयोग भने स्थानीयस्तरका खेलाडीले लिन नसकेको गुनासो उनको थियो । एकेडेमीका युवाहरुले क्याम्पमा भएका खेलाडीसँग अनुभव साट्ने अवसर पाएका थिए । जुन उपयोग गर्नबाट स्थानीय खेलाडी बन्चित छन् । ‘समन्वय नै छैन् ।

एकेडेमीका युवा खेलाडीहरुले एक्सपोजर पाउने थिए । बलिङमा एक्सपोज हुने अवसर पाउने थिए ।’ प्रशिक्षक जगत टमटाले भन्छन–‘नयाँ खेलाडीले सिक्ने अवसर पाउने थिए । त्यो पोखरामा सम्भव देखिएन् ।’ उनका अनुसार दुई क्रिकेटरले बलिङको अवसर पाएको भन्दै यस्तै अन्य खेलाडीले पनि एक्सपोज हुने अवसर पाउने थिए ।