
पोखरा-नवलपुरमा आयोजित दोस्रो गैडाकोट मेयरकप टी–२० क्रिकेट प्रतियोगिताको लागि कास्कीको टोली नवलपुर प्रस्थान गरेको छ ।
कप्तान अमृत गुरुङको कप्तानीमा १४ सदस्यीय टोली प्रस्थान गरेको हो ।
टोलीमा किरण पौडेल, अभिषेक थापा, विश्वास पराजुली, नितेश गिरी, सुब्रिन श्रेष्ठ,विपिन खत्री, मुश्कान थापा, कृष्ण पौडेल, विष्णुप्रसाद गौतम, रिकेश गुप्ता, आयुष सैंजु, विवेक नेपाल र निरज गुरुङ रहेका छन् ।
प्रशिक्षकमा गोविन्द प्रधान रहेका छन् । कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विरेन पुनले कप्तान अमृत गुरुङलाई जर्सी हस्तान्तरण गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…