
पोखरा-यही फागुनको ५ र ६ गते पोखरा रंगशाला आर्चरी मैदानमा गण्डकी प्रदेशस्तरीय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता हुने छ । दोस्रो संस्करणको प्रतियोगितामा रिकर्भ विधालाई समावेश गरिएको छ । गतवर्ष आर्चरीको ३० मीटर स्टाडण्र्ड विधामा मात्रै प्रतिस्पर्धा गराईएको थियो । नेपाल आर्चरी संघको प्राविधिक सहयोग एवं गण्डकी प्रदेश खेलुकद परिषदको आयोजनामा हुने प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाबाट आर्चरी खेलाडीले प्रतिस्पर्धा गर्ने छ ।
प्रतियोगिता नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्टाडण्र्ड तर्फ(३० मिटर)का पदक विजेता खेलाडीहरुले भने सोही विधामा प्रतिस्पर्धा गर्न पाउने छैनन् । त्यसो गत वर्षको विजेताले पनि स्टाडण्र्ड विधामै उपस्थिति जनाउन नपाउने कास्की आर्चरी संघले जनाएको छ । पहिलो संस्करणमा केवल स्टाडण्र्ड विधा मात्रै समावेश गरिएको थियो । ‘गतवर्षको विजेता र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको स्टाडण्र्ड विधाका पदक विजेता खेलाडीले स्टडण्र्ड विधामा प्रतिस्पर्धा गर्न पाउँदैनन्’ कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले भने–‘उनीहरु अब अपग्रेड हुनुपर्छ । अपग्रेड भएकाहरुले रिकर्भमा प्रतिस्पर्धा गर्न पाउँछन् ।’ उनका अनुसार ७० मिटरको रिकर्भमा गण्डकी प्रदेशका सबै खेलाडीहरुले उपाधिको लागि प्रतिस्पर्धा गर्न पाउने छन् । रिकर्भमा गण्डकी प्रदेशका राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक विजेता खेलाडीले समेत सहभागिता जनाउन सक्ने छन् ।
पोखरालाई आर्चरीको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलको गन्तव्य बनाउने ध्येयसहित प्रदेश खेलकुद परिषद गण्डकीले वार्षिक कार्यक्रम गर्दै बजेट छुट्टाउँदै आएको छ । पोखरा महानगरपालिकाले पनि प्रतियोगितामा सहयोगी भूमिका खेलेको छ । प्रतियोगिता गण्डकी प्रदेशको मुस्ताड, मनाड, म्याग्दी, पर्बत, बागलुड, र कास्कीबाट सहभागिता जनाउने अपेक्षा छ । तीन इभेण्टमा ९० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । दुई दिने प्रतियोगितामा रिकर्भ ओपन पुरुष– महिला र स्टाण्डर्ट पुरुष तर्फको एकलको खुल्ला प्रतिस्पर्धा हुने कास्की जिल्ला आर्चरी संघले जनाएको छ । रिकर्भ ओपन ७० मीटर र स्टाण्डर्ड ३० मीटर दुरीमा प्रतिस्पर्धा गराइने छ । ६० बर्ष भन्दा माथिका खेलाडीहरु बिच भेट्रान्सको प्रतिस्पर्धा हुने छ । ३० मीटरको दुरीको स्टाडण्र्ड विधामा प्रतिस्पर्धा गराईने संघले जनाएको छ ।
रिकर्भ खुल्ला पुरुष तर्फ विजेताले नगद ३० हजार, उपविजेताले नगद २० हजार र तेस्रो हुनेले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने छ । रिकर्ब महिला तर्फ विजेताले नगद १५ हजार, दोस्रो हुनेले नगद १० हजार र तेस्रो हुने खेलाडीले ५ हजार प्राप्त गर्ने छन् । स्टाडण्र्ड पुरुष तर्फ विजेताले नगद २० हजार, दोस्रोले नगद १५ हजार तथा तेस्रोले १०हजार नगद पुरस्कार पाउने छन् । भेट्रान्स तर्फ प्रथमले ८, दोस्रोले ५ र तेस्रो हुनेले ३ हजार नगद पुरस्कार प्राप्त गर्ने संघले जनाएको छ । प्रतियोगितालाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले प्रायोजन गरेको छ । प्रतियोगितामा गण्डकी प्रदेश आर्चरी संघको संयोजन तथा अन्नपूर्ण आर्चरी क्लबको व्यवस्थापन रहने छ ।