
पोखरा-गण्डकी गण्डकी बोर्डिङ स्कुल र पोखरा एकेडेमीले नवौं कास्की कप ह्याण्डबल प्रतियोगिता २०७९ को उपाधि जितेका छन्। नवौं कास्की तथा छैटौं एकता कप बिद्यालय स्तरीय छात्रा ह्याण्डबल प्रतियोगिताको पोखरामा भएको फाइनल खेलमा छात्रा तर्फ गण्डकीले सरस्वती बिद्या आश्रमलाई र छात्र तर्फको फाइनल खेलमा पोखरा एकेडेमीले ज्ञान ज्योति बिद्याकुञ्जलाई पराजित गर्दै उपाधि जितेका हुन्।
ण्डकीले सरस्वती बिद्या आश्रमलाई ५—३ को गोल अन्तरले पराजित गर्दा छात्र तर्फको फाइनल खेलमा पोखरा एकेडेमीले ज्ञान ज्योति बिद्या कुन्जलाई १०—७ को गोल अन्तरले पराजित गरेको हो । गण्डकीको जितमा एलिजा कार्कीले दुई, आयुषा भुजेल, श्रृया श्रेष्ठ र पुर्णिमा क्षेत्रीले एक एक गोलको योगदान दिए । सरस्वतीको तर्फबाट कुशुम वानियाले दुई र स्वयता बोहोराले एक गोल गरिन ।

पोखरा एकेडेमीको जितमा विश्वास गायकले ५, आश्रीत बस्नेत र निरज गुरुङले दुई÷दुई गोल गरे भने ज्याम्स छन्त्यालले एक गोल गरे । ज्ञान कुन्जका विवेक थापाले ह्याट्रिक, सन्देस सुनारले २ र सुमित पुन र जेतेन्द्र बुढाथोकीले एक÷एक गोल गरे । प्रतियोगितामा छात्रा तर्फ सरस्वती बिद्या आश्रमकी करीस्मा बोहोरा उत्कृष्ट खेलाडी घोषित भईन भने सोही विधामा छात्र तर्फ पोखरा एकेडेमीका विश्वास गायक उत्कृष्ट खेलाडी घोषित भए । छात्रा तर्फ ८ गोल सहित सर्वाधिक गोलकर्ताको उपाधि सरस्वती बिद्याश्रमकी स्वयता बोहोराले पाउदा छात्र तर्फ सोही इभेण्टमा १० गोल गरेका गण्डकीका मनिस कुमार कुस्वाहाले प्राप्त गरे । त्यसै गरी प्रतियोगितामा छात्रा तर्फ उत्कृष्ट गोलरक्षको उपाधि सरस्वती बिद्या आश्रमकी अर्पना पुन सोही विधामा छात्र तर्फ पोखरा एकेडेमीका सोवित गुरुङले प्राप्त गरे ।

प्रतियोगितामा छात्र तथा छात्रा तर्फका विजेताले जनही १० हजार, उपबिजेताले ५ र तेश्रो हुनेले ३ हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी सर्वाधिक गोलकर्तालाई नगद सहित ट्रफी प्रदान गरिएको छ । विजयी खेलाडीहरुलाई एकता बुक्स एण्ड डिष्ट्रिव्यूटर्स प्रा.लि.का क्षेत्रिय निर्देशक संजयकान्त अधिकारी, एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्का, संघका अध्यक्ष चित्र थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…