
पोखरा-प्रथम मन्जुबहादुर बस्नेत स्मृति विद्यालयस्तरीय ह्याण्डबल प्रतियोगिताको उपाधि गुरुकुल विद्यासदन स्कुलले जितेको छ ।
मन्जुबहादुर बस्नेत स्मृति प्रतिष्ठानको आयोजना तथा कास्की जिल्ला ह्याण्डबल खेलाडी संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको मंगलबार भएको फाईनल खेलमा गुरुकुल विद्यासदनले विन्ध्यवासिनी माविलाई १७–१२ गोल स्कोरमा पराजित गर्दै उपाधि जितेको हो । फाईनल खेलमा गुरुकुलका पवन छन्त्यालले सर्वाधिक ८ गोलको योगदान दिएका थिए ।
मनकामना स्पोर्टस एण्ड फेन्सीले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेता विद्यालयलाई नगद १० हजारसहित ट्रफी प्रदान गरिएको थियो । उपविजेताले ७ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा गुरुकुलका पवन छन्त्याल सर्वाधिक गोलकर्ता भए । उत्कृष्ट गोलकिपरको पुरस्कार विन्ध्यवासिनी माविका सज्जन पुन र उत्कृष्ट खेलाडी भने गुरुकुल विद्यासदनका ईश्वर खत्री घोषित भए । विधागत पुरस्कृत खेलाडीलाई ट्रफी प्रदान गरिएको थियो ।
कास्की जिल्ला ह्याण्डबल संघका अध्यक्ष चित्रबहादुर थापा, स्व. मन्जुबहादुर बस्नेतको श्रीमती शान्ता बस्नेत, कास्की जिल्ला ह्याण्डबल संघका निर्वतमान अध्यक्ष क्या.जगबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…