
पोखरा-सुर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिताको बुधबारको पहिलो दिन भुवन नगरकोटीले दुई अण्डर ६७ को स्कोर बनाउँदै शीर्षस्थानमा छन् ।
पोखराको छिनेडाडाँस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा पहिलो दिनको १८ होल सकिदाँ भुवन नगरकोटीले सन्जय लामालाई तीन स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहेका हुन् । नगरकोटीले फ्रन्ट नाईन अन्तर्गत एक अण्डर ३३ को कार्ड बनाए । यद्यपी उनले पहिलो दिनको शुरुवात बोगीबाट अगाडि बढे । पहिलो होलमा बोगी खेप्दै शुरुवात गरेका नगरकोटीले चौथो होलमा बर्डी हिर्काउँदै खेलमा फर्किए । छैटौं होलमा अर्को बर्डी हिर्काउँदै फ्रन्ट नाईन एकअण्डर खेल्दै ३३ मा रहे । तर ब्याक नाईनमा भने उनको प्रदर्शन केही प्रभावकारी रह्यो ।
१० होलमा बर्डी हिर्काएका उनले १२ औं मा बोगी खेप्न पुगे । १३ औंमा बर्डी हिर्काए । १६ औंमा बोगी खेपे । १७ औं बर्डी हिर्काउँदै एक स्ट्रोक जोगाए । सन्जय लामा भने एक ओभर ७० को स्कोरमा छन् । उनीसँगै पोखराका एमेच्योर खेलाडी प्रज्वल गुरुङ समान १ ओभर ७० मा छन् । लामाले फ्रन्ट नाईन एक ओभर खेल्दा पछिको नौ होल भने लेभल पार खेल्दै उपाधि प्रतिस्पर्धामा रहे । प्रज्वल गुरुङले तेस्रो र चौथो होलमा बर्डी खेल्दै फ्रन्ट नाईन दुई अण्डर ३२ को कार्डमा रहँदै सुखद शुरुवात र लयमा देखिए । तर व्याक नाईनमा उनको प्रदर्शन भने केही कमजोर देखियो । व्याक नाईन ३ओभर ३८ को कार्ड बनाएपछि उनी तेस्रो स्थानमा खुम्चिन पुगे ।
चौथो नम्बरमा दलबहादुर राना रहेका छन् । उनले दुई ओभर ७१ को कार्डमा छन् । एमेच्योर खेलाडी सदभाव आचार्य पाँचौ स्थानमा रहँदा दुई ओभर ७१ मा छन् । छैटौं स्थानमा रामे मगर छन् । उनले पनि दुई ओभर ७१ छन् । एमेच्योर सुवास तामाङ भने सातौंस्थानमा छन् । गतवर्षका च्याम्पियपन समेत रहेका तामाङ तीन ओभर ७२ को कार्डसहित पहिलो दिनको १८ होल टुग्याए ।
आर्मी क्लबका धनबहादुर थापा भने आठौं स्थानमा छन् । फ्रन्ट नाईन एक ओभर ३५ र व्याक नाईन दुईओभर ३७ सहित समग्रमा तीन ओभर ७२ मा छन् । पोखराकै एमेच्योर खेलाडी महेन्द्र फगामीले चार ओभर ७३(९औं), दिनेश प्रजापति(१० औं), सुरेश तामाङ (११औं), शुक्रबहादुर राई( १२ औं), कमल तामाङ (१३ औं) चार ओभर ७३ स्कोर कार्डमा चढाए। घरेलु कोर्षमा गल्फर भुबहादुर गुरुङको प्रदर्शन भने विर्सनलायक रह्यो । उनले ८ ओभर ७७ मा टुग्याए । ‘दुई नम्बर होलमै त्रिपल बोगी खेप्दै खराब शुरुवात भयो ।’ उनले भने–‘ चौथो होलमा पनि डबल बोगी खेपेपछि फ्रन्ट नाईन कमजोर रह्यो । तर व्याक नाईन भने सुधार गरे । व्याक नाईन लेभल पार खेल्दै खेलमा फर्किए ।’ उनी पहिलो दिनमा २४ औंस्थानमा छन् ।
सुर्य नेपाल गल्फ टुरमा बुवा र छोरा प्रतिस्पर्धा छन् । दिपक आचार्य पहिलो दिनको खेल टुंगिदाँ २८ औंस्थानमा रहेका छन् । छोरा सदभाव भने पाँचौस्थानमा छन् । बिहीबार दोस्रो दिनको १८ होल सकिएपछि कट जोगाउने गल्फरले अन्तिम प्रतिस्पर्धा गर्ने छन् । प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रा. लि.को प्रायोजनमा सञ्चालन भैरहरको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ६७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । कुल आठ लाख नगद पुरस्कार रहेको प्रतियोगिताको शीर्ष २१ मा रहेने अन्य व्यवसायीक खेलाडीले पनि नगद पुरस्कार हात पार्नेछन्। ४५ गल्फरको सहभागिता रहेको प्रतियोगिताको शुक्रबार ५४ होल टुंगिदै उपाधि टुंगो लाग्ने छ । शनिबार प्रो–एमको प्रतिस्पर्धा हुने छ ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…