
पोखरा-सुर्य नेपाल गल्फ टुर २०२२÷२३ अन्तर्गत सुर्य नेपाल वेष्टर्न ओपनको अन्तिम दिनको प्रो–एम प्रतिस्धर्पाको उपाधि प्रोफेसनल गल्फर सन्जय लामाको टोलीले जितेको छ ।
शनिबार पोखरा–१४ छिनेडाडाँस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा भएको प्रो–एम प्रतिस्पर्धामा लामाको टोलीले १३८ को स्कोरसहित उपाधि जितेका हुन् । लामा(३४) टोलीमा एमेच्योर खेलाडीमा पोखराका राजु थकाली (३५), सन्तोष गुरुङ(३५) र ब्रिगेडियर जनरल सुदर्शन सिल्वाल(३४) रहेका थिए ।
त्यसैगरी निरज तामाङको टोली उपविजेता बन्यो । टोलीले १२३ को स्कोर बनायो । टोलीमा महिला गल्फर सुष्मा सिग्देल(३२, दिपक कार्की(३०) र अर्जुनकुमार कार्की (२९) सहित दोस्रो स्थानमा रहे ।
तेस्रोस्थानमा भने बलबहादुर राई(२८)को टोली आउन सफल भयो । टोलीमा राजेन्द्र गौचन(२८), सन्देश सिग्देल(२८) र रविन्द्र तिवारी(२८) सहित समग्रमा १०७ स्कोर जोड्दै तेस्रो स्थान चिक्त बुझायो । स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा प्रो–एमकै प्रतिस्पर्धामा व्यक्तिगत सर्वाधिक स्कोर भने सुष्मा सिग्देलको रह्यो । उनले ३२ अंकको कार्ड बनाईन् । त्यसैगरी लङ्गेष्ट ड्राईभमा प्रकाश गुरुङ र क्लोजेष्ट टु दि पीनको पुरस्कार दिपक कार्कीले जिते ।
प्रो–एम प्रतिस्पर्धासँगै सुर्य नेपाल गल्फ टुरको पोखरा सिजन टुंगिएको छ । सिजनको उपाधि भने शुक्रबहादुर राईले गएको शुक्रबार उचाले । उनले निकै कठिन मानिने पोखराको हिमालयन गल्फ कोर्षमा दोस्रो पटक उपाधि आफनो नाममा लेखाए । हिमालयन गल्फ कोर्षमा शिवराम श्रेष्ठको ९ अण्डरको कीर्तिमान छ । श्रेष्ठले पार ७० को कोर्ष हुदाँ कीर्तिमानी राखेका हुन् । अहिले कोर्ष पार ६९ को बनाइएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…