
ट्रेल रेसमा सहभागि स्वदेशी तथा विदेशी खेलाडी ।
पोखरा-दौड आफैंमा कठिन हो । त्यसमा पनि अझ साँघुरो गोरेटेमा दौडिनु अर्को कठिनाई हो । उकाली ओराली गोरेटो दौड जति चुनौति हुन्छ त्यति नै साहसिक पनि । पोखरामा यसैमहिनाको पहिलो शनिबार पोखरा म्याराथन सकियो । पोखरा म्याराथनमा स्वदेशी तथा विदेशी धावकको उपस्थिति थियो । आगामी एक महिनापछि पोखरामै साहसिक ५५ किलोमिटरको गोरेटौ दौड हुदैं छ ।
गोरेटो दौड कोरोनापछिको पहिलो हो । । हराउँदै गएका पोखरा र सेरोफेरोका गाँउहरुका गोरेटो बाटोलाई प्रवद्र्धन गर्नेकाम ‘पोखरा ट्रेल रेस सिरिज’ नामक संस्थाले गर्दै आएको छ । संस्थाले पोखरा–पन्चासे–पोखरा ५५ किलोमिटरको गोरेटो दौड आयोजनाको संघारमा छ । ‘अप्रिल १ मा आयोजना गर्ने निर्णय गरेका छौं’ संस्थाका संस्थापक अध्यक्ष विकास गुरुङले भने–‘कोभिडको ‘ग्याप’पछि फेरी टे«ल रेसको तयारीमा छौं । स्वदेशी तथा विदेशी धावकहरुले पनि चासो दिईरहेका छन् ।’ उनका अनुसार अनलाईन मार्फत विदेशी धावकहरुले सहभागिताको लागि दर्ता गरिसकेका छन् ।
दौडाउने काम आफैंमा कठिन छ । त्यसलाई व्यवस्थापन मिलाउन अर्को चुनौतिपूर्ण छ । यद्यपी संस्थाले हरप्रयासमा कोभिडअघिसम्म सिरिजलाई निरन्तरता दिएको थियो । पोखरा र आसपासमा धेरै ट्रेल(गोरेटो) छन् । ती गोरेटो केही प्रचलनमा छन् । केही प्रचलनमै छैनन् । प्रचलनमा रहेकालाई संरक्षण र प्रचलनमा नरहेकालाई प्रवद्र्धन गर्ने अभियानलाई संस्थाले सहयोगी भूमिका खेल्दै आएको छ । प्रवद्र्धन गर्नुनै संस्थाको मुल उद्देश्य हो । उद्देश्य अनुसार नै संस्थाले सिरिजलाई फरक फरक उकाली ओराली गोरेटोमा दौडाउँदै आएको छ । संस्थाले आफनै बलबुतामा दौडाउने सिरिजमा स्वदेशी तथा विदेशी धावकहरु समेत सहभागिता जनाउने गरेका छन् । ‘नेपाली मौलिक एवं ग्रामीण गोरेटो(ट्रेल)लाई पर्यटनसँग जोड्ने अभियान अन्तर्गत ट्रेल रेस गर्दै आएका हौं ।’ संस्थापक अध्यक्ष गुरुङको भनाई थियो ।
२०७४ सालमा पोखरा टे«ल रेस सिरिजको स्थापना भएको हो । संस्थाले दुईवर्षमा ५ वटा रेस गरिसक्यो । छैटौं संस्करणको गर्ने प्रयास गरिरहँदा कोभिडले स्थगित बनायो । ‘शुरुमा काहुँ रेस(१३ कि.मी) आयोजना गर्यौं’ उनले भने–‘त्यतिबेला अल्ट्रारेस धाविका मिरा राईबाट उदघाटन गर्यौं ।’ त्यसपछि रानीबन रेस(२० कि.मी),सराङकोट–मेथ्लाङ रेस(२५ कि.मी), पन्चासे रेस(५५ कि.मी) र धान रेस (७ कि.मी) आयोजना गरिएको थियो ।
छैटौं संस्करण पन्चासे रेस आयोजना गरिएको संस्थापक अध्यक्ष गुरुङको भनाई थियो । ‘ताल टु ताल दौडाउने योजना समेत बनाइएको छ ।’ उनले भने–‘यसले नयाँ पर्यटन पदयात्राको खाका कोर्ने छ ।’ रुट खोज्दै त्यसलाई मार्किङ गर्नुपर्ने अवस्थाले समय धेरै खर्चिलो हुन्छ ।’ खर्चिलो हुने हुदाँ प्रायोजकको खोजीमा संस्था जुटिरहेको छ । खेलकुदसँग सम्बन्धीत सरकारी निकायले पनि ध्यान दिनुपर्ने संस्थाले जोड दिदैं आएको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…