
पोखरा-पोखरा रंगशालास्थित नयाँ निर्माण गरिएको फुटबल मैदान, प्यारापिट र एथलेटिक ट्रयाक राष्ट्रिय खेलकुद परिषदलाई हस्तान्तरणसँगै संरक्षणको चुनौति थपिएको छ । एमए कन्ट्रक्सन र ग्रेट स्पोर्टस लिमिटेड, भारत(जोईन्ट भेन्चर) कम्पनीले निर्माण पुरा गरेपछि परिषदलाई डेढ महिना अघि मात्रै हस्तान्तरण गरेको हो । हस्तान्तरणसँगै १ अर्ब २८ करोड रुपैयाँ लागतमा निर्माण गरिएको रंगशालाको भौतिक पूर्वाधार संरक्षण गर्नुपर्ने दायित्व परिषदको काँधमा आएको हो । ‘परिषदललाई हस्तान्तरण भएको एक÷दुई महिना भयो’ राष्ट्रिय खेलकुद परिषदका कर्मचारीले भने–‘फाईनल विलिङपछि कम्पनीले एक वर्षसम्म हुने टुटफुटको जिम्मेवारीसँगै मर्मत सम्भार गर्ने छन् ।’ उनका अनुसार एक वर्षसम्म टुटफुटको मर्मत सम्भार गर्ने सहमति छ ।
कम्पनीले २०७५ साल फागुन २६ गते फुटबल मैदान तथा दुईवटा प्यारापिट भत्काई नयाँ संरचना निर्माणको शिलान्यास गरिएको थियो । तत्कालिन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले शिलान्यास गरेका थिए । २०७६ मंसिर १५–२४ मा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगिता तयारी नहुदैं मैदानमा खेलाईएको थियो । कम्पनीले अहिले सुखेर्त विरेन्द्रनगरपालिकामा दशौं खेलकुद प्रतियोगितालाई लक्षित गर्दै खेलकुदको भौतिक संरचना निर्माण गरिरहेको छ ।
कम्पनीले हस्तान्तरण गरेपछि केही कर्मचारीलाई संरक्षणको लागि खटाउँदै आएको छ । हस्तान्तरण भएसँगै निर्माण गरिएको शौचालयहरुको धाराको टुटी चोरी भएको थियो । ‘प्यारापिट चुहिने भत्किने भए मर्मत सम्भार हुन्छ’ राखेपका कर्मचारी बताउँछन् ।परिषदका कर्मचारीका अनुसार बनेको पूर्वाधार संरक्षण गर्न परिषदले निश्चित बजेट उपलब्ध गराउनुपर्छ । पोखरा रंगशाला मुल प्रवेशद्वारमा सुरक्षागार्ड खटाईएको छ । अन्य दुई कर्मचारीलाई आन्तरिक स्रोतबाटै परिचालन गरिएको छ ।
संघीय संरचनासँगै खेलकुद ऐन २०७५ निर्माण भईसकेको छ । ऐन अनुसार खेलकुदका कर्मचारीको समेत समायोजन भईसकेको छैन् ।ऐन अनुसार नै पूर्वाधार संरक्षण गर्न निश्चित दायरा, कार्यविधि बनाउनुपर्ने उल्लेख गरे । ‘कार्यविधि बनाएर खेल मैदान, ट्रयाकको शुल्क तोक्ने, त्यही शुल्कबाट पूर्वाधार संरक्षण र मर्मत सम्भार गर्नुपर्छ ।’ ती कर्मचारीको भनाई थियो । फुटबल तथा एथलेटिक्सको नयाँ पूर्वाधार बनेपछि स्पेनिस टोली र गण्डकी ११ बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । आयोजना हुदाँ स्पेनिस टोलीले शुल्कवापत ५०÷५५ हजार रुपैयाँ तिरेको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जित जनाए ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले पोखरा रंगशालाभित्रैको बहुउद्देश्यीय कभर्ड हलको दैनिक १० हजार रुपैयाँ शुल्क लिदैं आएको छ । ‘अन्तराष्ट्रियस्तरको मैत्रीपूर्ण, क्लबले आयोजना गर्ने फुटबल प्रतियोगिताको छुट्टाछुट्टै शुल्क तोकिएको छ।’ जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख डि.बी नेपालीले भने–‘क्लबस्तरीय फुटबल प्रतियोगिताको लागि दैनिक १० देखि १५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।’ उनका अनुसार एथलेटिक्स ट्रयाक उपयोग हुदैं आएपनि शुल्क ठ्याक्कै तोकिएको अवस्था भने छैन् ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…