
पोखरा-एएसपी लिलाजंग गुरुङले एक अण्डर ३७ को कार्ड बनाउँदै मार्च महिनाको मन्थ्ली मेडल गल्फ च्याम्पियन बनेका छन् ।
शनिबार पोखरा १४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा भएको स्टेबल फोर्ड फूलह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा गुरुङले १ अण्डर ३७ को स्कोरसहित च्याम्पियन बनेका हुन् ।
ग्रस तर्फको इभेण्टमा भने इन्स्पेक्टर जिवाराम गुरुङले २८ प्वाइन्टसहित उपाधि जित्न सफल भए । त्यस्तै ३६ प्वाईन्ट बनाएका सन्तोष गुरुङ उपविजेता बन्दा क्याप्टेन राजेन्द्र गौचन भने ३५ स्कोरसहित तेस्रोस्थानमा चित्त बुझाए । ब्रिटिस गल्फर इलाईट ४० प्वाईन्टसहित पाहुना तर्फ विजेता बन्न सफल भएका थिए ।
मार्चको मन्थ्ली मेडल प्रतिस्पर्धामा क्याप्टेन बद्री राईले १५ औं नम्बरको होलमा ईगल प्रहार गर्दै पुरस्कार थापे । लङ्गेष्ट ड्राइभ सट भने एएसपी भक्तराज गुरुङले हिर्काउँदा पीन नजिकै हिर्काउँदै क्याप्टेन कृष्ण पुनले पुरस्कार प्राप्त गरे । उनीहरु सबैलाई ओलम्पियन नारायण गुरुङ तथा रमेश गुरुङले पुरस्कार प्रदान गरेका थिए । पार ६९ को कोर्षमा भएको प्रतिस्पर्धामा २९ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…