
पोखरा-कास्कीको साहसिक दौड अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण आगामी जेठ २० गते आयोजना गर्ने निर्णय गरिएको छ । अन्नपूर्ण आधारशिविरदेखि घान्द्रुकसम्म (४२.१९५ कि.मी.) को अन्नपूर्ण म्याराथन आउँदो जेठको तेस्रो साता आयोजना गर्ने निर्णय गरिएको हो । अन्नपूर्ण प्रथमहिमाल आरोहण दिवसको सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथनलाई आयोजना गर्दै आएको छ । कोभिड १९ को संक्रमणले दुई वर्ष स्थगित गरिएको थियो ।
समितिका अध्यक्ष ललित गुरुङका अनुसार घान्द्रुक पर्यटन व्यवस्थापन समितिको संयोजनमाआयोजित छलफलमा स्थानीयपर्यटन व्यवसायीले म्याराथनलाई सफलपार्न एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्द्धनगर्न विगतमानिरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथनगर्दै हुँदै आएको थियो । प्रतिकूल परिस्थितिका कारण गतबर्षका कार्यक्रम स्थगितभएपनि यस पटक पूर्वनिर्धारित समय अनुसार नै कार्यक्रमलाई निरन्तरतादिइने समितिका सचिवमिकास गुरूङले बताए ।
वि.सं. २०७५ फागुन १५ को हिमपातबाट अन्नपूर्ण आधारशिविरमाआएको हिमआँधिले अन्नपूर्ण आधारशिविरका होटलमा भएको गम्भीर क्षति, नेपाल भ्रमण वर्ष २०२० घोषणा भएलगत्तै अन्नपूर्ण पदयात्रामार्ग अन्तर्गत हिन्कु केभमाहिमपहिरोका कारण भएको दुःखद घटना र विश्वव्यापी कोभिड–१९ को संक्रमण र त्यसको नियन्त्रण लागिअपनाइएको निषेधाज्ञाका कारण त्यस क्षेत्रको पर्यटन व्यवसायसँगै देशको सम्पूर्ण अर्थतन्त्रमा समेत गम्भीर असर परेको छ । पर्यटन क्षेत्रलाई धाराशायीहुननदिनकाविषेश राहतप्याकेज कार्यक्रम सञ्चालन गरी अर्थतन्त्रको सवलीकरण गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग विशेष अनुरोध गर्ने समितिले जनाएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…