
पोखरा-पोखरा रंगशालामा पहिलो पटक आयोजित बाईक रोड रेसिङमा आशिक लामा च्याम्पियन बनेका छन् । गण्डकी प्रदेशमै पहिलो पटक आयोजना गरिएको नेपाल रोड रेसिङ च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय तर्फ राजकुमार कार्की दोस्रो र युकेश थापा तेस्रो भए ।
पोखरा रंगशालाभित्रको सडकमा गरिएको प्रतिस्पर्धा अन्तर्गत नोभिस विधामा भने निमेश ठकुरी पहिलो बने । दिलिप दनुवार दोश्रो हुदाँ मङ्गगेष जोशी तेश्रो भएका छन् । नोभिस र नेश्नल गरी दुई क्याटेगोरीमा १ सय ५० सीसीको मोटरसाईकल रेसिङ गरिएको थियो ।
नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा नेपाल) मा आबद्ध क्लब मोटर स्पोर्टस नेपालद्वारा आयोजित नेपालकै लोकप्रिय बाइक रेसिङमा नोभिस तर्फ ४७ जना प्रतिस्पर्धी थिए भने नेश्नल तर्फ १८ राइडर्सले सहभागिता जनाएका थिए । विजेताले ७७ हजार, उपविजेताले ५५ हजार र तेस्रोले ४४ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो ।
यमाहा मोटरसाइकल मूख्य प्रायोजक रहेको रेसिङका विजयीहरुलाई गण्डकी प्रदेश सदस्य तथा पूर्व खेलकुद मन्त्री राजीव गुरुङ्ग, निवर्तमान राखेप बोर्ड सदस्य सम्पन्न श्रेष्ठ, र पोखरा महानगर खेलकुद विकास समितिका दिपकबहादुर गोदार पुरस्कारले वितरण गरे । कार्यक्रममा नासा नेपालका सचिव सन्तोष न्यौपाने, प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र गुरुङ्ग तथा आकृति भण्डारी र पश्चिमाञ्चल खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी लगायतको उपस्थिती रहेको थियो । विश्वकै लोकप्रिय मानिएको मोटरसाईकल रेसिङ सन् २००८ बाट नेपालमा प्रवेश भएको हो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…