
पोखरा-कोभिडले रोकिएको तीन वर्षपछि पोखरामा गोरेटो दौडको छैटौं संस्करण ‘पन्चासे ट्रेल रेस’ शनिबार शुरु हुदैं छ । ५५ किलोमिटरको गोरेटो दौड पोखराको कोमागाने पार्कबाट शुरु भई पन्चासे पुगेर फर्किई सराङकोटको खपौदीमा ओर्लिएर समापन हुने छ । ५५ किलोमिटरको गोरेटो दौडसँगै ७ किलोमिटरको ‘फन रेस’ समेत आयोजना हुने छ ।
‘पन्चासे ट्रेल रेस’मा ६० जना धावकले प्रतिस्पर्धा गर्ने छन् । ७ किलोमिटरको फन रेसमा ३१ ज्नाको सहभागिता रहने आयोजक पोखरा ट्रेल रेस सिरिजका संस्थापक विकास गुरुङले जानकारी दिए । ‘५५ किलोमिटरमा ६० जना महिला तथा पुरुष धावकका दर्ता भईसकेको छ ’ उनले भने–‘अनलाईन दर्ता म्याद सकियो अब ‘फिजिकल’ उपस्थितिमा दर्ता गर्न सकिन्छ ।’
५५ किलोमिटरको दौड कोमागाने पार्कबाट शुरु हुने छ । ड्यामसाईड–रानीबन–पुम्दीकोट–भुम्दी–भन्ज्याङ–पन्चासे पुगेर भदौरे–धारापानी–ढिकुरपोखरी–नागडाडाँ–कास्कीकोट–सराङकोट हुदैं खपौदीमा पुगेर दौड समापन रुट तय गरिएको उनले बताए । संस्थापक अध्यक्ष गुरुङले दौड पुरा गर्ने धावकलाई ‘फिनिसर पदक’ उपलब्ध गराईने स्पष्ट पारे ।
पोखरा ट्रेल रेस सिरिजले दौडको लागि पाँचवटा ठाँउमा चेक प्वाईन्ट राख्ने जनाएको छ । पहिलो चेकप्वाइन्ट पुम्दीकोटमा दोस्रो भुम्दीमा तेस्रो भन्ज्याङ, चौथो भदौरे र पाँचौ चेक प्वाईन्ट कास्कीको नागडाँडामा राखिने उनले जानकारी दिए । गोरेटो दौड कोरोनापछिको पहिलो हो । । हराउँदै गएका पोखरा र सेरोफेरोका गाँउहरुका गोरेटो बाटोलाई प्रवद्र्धन गर्ने काम ‘पोखरा टे«ल रेस सिरिज’ नामक संस्थाले गर्दै आएको छ ।
पोखरा र आसपासमा धेरै ट्रेल(गोरेटो) छन् । ती गोरेटो केही प्रचलनमा छन् । केही प्रचलनमै छैनन् ।
प्रचलनमा रहेकालाई संरक्षण र प्रचलनमा नरहेकालाई प्रवद्र्धन गर्ने अभियानलाई संस्थाले सहयोगी भूमिका खेल्दै आएको छ । प्रवद्र्धन गर्नु नै संस्थाको मुल उद्देश्य हो । उद्देश्य अनुसार नै संस्थाले सिरिजलाई फरक फरक उकाली ओराली गोरेटोमा दौडाउँदै आएको छ । संस्थाले दौडाउने सिरिजमा स्वदेशी तथा विदेशी धावकहरु समेत सहभागिता जनाउँदै आएका छन् । ‘नेपाली मौलिक एवं ग्रामीण गोरेटो(टे«ल)लाई पर्यटनसँग जोड्ने अभियान अन्तर्गत ट्रेल रेस गर्दै आएका हौं ।’ संस्थापक अध्यक्ष गुरुङको भनाई थियो ।
५५ किलोमिटर दौड महिला तथा पुरुष विजेताले नगद ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् । उपविजेताले समान १५ हजार र तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । दौडलाई केटिएम सिटीले मुख्य प्रायोजन गरेको छ भने काठमाडौंस्थित गोल्ड जिमले सह प्रायोजन गरेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…