
पोखरा-नेपाल ट्रायथोलन संघको आयोजनामा शनिबार पोखरामा आयोजित तेस्रो एशिया ट्रायथोलन कप पुरुष तर्फ लक्जम्बर्गका बब हलेर च्याम्पियन बनेका छन् । उनले ५५ मिनेट ५५ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बनेका हुन् । स्प्रिन्ट विधा तर्फ आयोजित प्रतिस्पर्धामा उज्वेकिस्तानका अलेक्सान्डर कुुरिसभ केवल दुुई सेकेण्डले पछि पदैै उपविजेता बने । उनले पौडी, साईक्लिङ र दौड पुरा गर्न ५५ मिनेट ५७ सेकेण्डको समय लगाएका थिए ।
७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौडको स्प्रिन्ट विधाको ट्रायथोलनमा लक्जम्बर्गकै स्टेफन जेचसले ५६ मिनेट ०१ सेकेण्डको समयमा पुरा गर्दैै तेस्रो स्थानमा चित्त बुझाए । चौथो स्थानमा जापानका क्यातारो यासिकावा, पाँचौ स्थानमा न्युजिल्याण्डका अलिभर लार्कोम्बे आए । जापानीज यासिकावाले ५६मिनेट ०९ सेकेण्ड र न्युजिल्याण्डका लार्कोम्बेले ५७ मिनेट ५८ सेकेण्डमा पुरा गरेका थिए ।

फेवातालमा आयोजना भएको प्रतियोगितामा पुरुषतर्फ नेपाल सहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाईन, न्युजिल्याण्ड र भारतका गरि ४७ खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गरेका थिए ।
साउथ एशियन ट्रायथोलन च्याम्पियनसिपमा भारतीय खेलाडीको बर्चस्व रहेको छ । भारतीय खेलाडी आदर्श सिनिमलले १ घण्टा ४ मिनेट १६सेकेण्डको समय लगाउँदै च्याम्पियन बन्दा भारतकै विश्वनाथ यादवले १ घण्टा ६मिनेट २५ सेकेण्डको समय लगाउँदै दोस्रो स्थानमा रहे । नेपालका बसन्थ थारु भने तेस्रो स्थानमा चित्त बुुझाए । थारुले १ घण्टा ६मिनेट ५२ सेकेण्डको समय लगाए । चौथो स्थानमा नेपालकै दिपेश चौधरी आए । चौधरीले १ घण्टा ९ मिनेट १७ सेकेण्डको समयमा पुरा गरे ।

राष्ट्रिय तर्फको प्रतिस्पर्धा बसन्त थारु, दिपेश चौधरी र मौलिक महर्जन क्रमश प्रथम, द्धितीय र तृतीय भएका छन् । जुनियर पुरुष तर्फको प्रतिस्पर्धामा प्रथम, द्धितीय र तृतीय स्थानमै भारतीय खेलाडीले कब्जा गरे । भारतका खुुन्द्राकपाम नाङ्बा प्रथम, पार्थ मिराज दोस्रो र भारतकै सिदार्थ सुधिर तेस्रो स्थान रहे । नेपालका यजु महर्जन चौथोस्थानमा रहँदौ ट्रायथोलन च्याम्पियनसिप टुुग्याँएका थिए ।
४२ सय डलर कुल पुरस्कार राशी रहेको ट्रायथोलनमा महिला÷पुरुष उपाधी बिजेताले मेडल, प्रमाण पत्रका साथ ६३० डलर प्राप्त गरेका छन। यस्तै दोश्रो हुनेले ५२५ डलर, तेश्रो हुनेले ४२० डलर, चौथोले ३१५ डलर र पाँचौ हुनेले २१० डलरका साथ मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।