
दुवाथोलनका विजेता खेलाडीहरु पदकसहित ।
पोखरा-पोखरामा आयोजित दुवाथोलनको उपाधि संयुक्त अरब ईमिरेट्स(युएई)का साउद अलजावीले जितेका छन् । महिला तर्फको उपाधि भने भारतकी स्नेहलसुनिल जोशीले हात पारिन् ।
नेपाल ट्रायथोलन संघको आयोजनामा २०२३ एशियन ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत आईतबार पोखरामा भएको दुवाथोलन प्रतिस्पर्धामा युएईका अलजावीले ५९ मिनट २७ सेकेन्ड र जोशीले १ घन्टा १२ मिनट १९ सेकेन्डमा पुरा गर्दै उपाधी जितेका हुन् ।

५ कि.मी. दौड, २० कि.मी. साईक्लिङ्ग र २.५ कि.मी. दौडको दुरी पुरुष तर्फ नेपालका हिमाल टमाटाले ५९ मिनट ४७ सेकेन्ड र बशन्त थारुले १ घन्टा २ मिनट ९ सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः दोश्रो र तेश्रो स्थान हात पारे । महिला तर्फ भारतकी संजना सुनिल जोशी १ घन्टा १३ मिनट २५ सेकेन्ड समयका साथ दोश्रो र नेपालकी हुमी बुढा मगर १ घन्टा १४ मिनट ३० सेकेन्ड समयका साथ तेश्रो भए ।
बिजयी खेलाडीहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पूर्व गण्डकी प्रदेश सदस्य दीपक कोईराला, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं ट्रायथोलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, कास्की जिल्ला खेलकुद विकास समितिका प्रमुख डि.बि. नेपाली, पत्रकार केशव पाठक लगायतले विजयी खेलाडीहरुलाई पदक, पुष्प गुच्छा र प्रमाण पत्र वितरण गरेका थिए ।
नेपाल ट्रायथोलन संघले पोखरामा वर्षेनी एशिया ट्रायथोलन कप र साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप आयोजना गर्दै आएको छ । ट्रायथोलन इभेण्टले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ । खेलकुदकै माध्यमबाट पर्यटन प्रवद्र्धनमा कोशेढुंगा भएको छ । महिला तथा पुरुष गरी १८ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
नेपालमा ८० को दशकमा अन्नपूर्ण ट्रायथोलन नाममा अन्तर्राष्ट्रिय ट्रायथोलन आयोजना गरिएको थियो । २०१२ मा संघको विधिवत स्थापन पश्चात यस खेलले केही गति लिएको छ । संघको स्थापन पश्चात २०१३ मा संघले पोखराको बेगनास तालमा पहिलो दक्षिण एसियन च्याम्पिनसिपको आयोजना गरेर नेपालमा ट्रायथोलन खेलको सम्भावनालाई अझ प्रभावकारी बनाइएको थियो ।
नेपालमा ट्रायथोलन लोकप्रियतालाई ध्यानमा राखेर २०१९ मा तत्कालिन अन्तर्राष्ट्रिय ट्रायथोलन महासंघ (आईटियु) ले नेपाललाई एसिया कप गर्ने स्वीकृति प्रदान गरेपछि नेपालले ट्रायथोलन खेलमा खुड्किलो पार गरेको हो । २०१९ मा सुरु भएको एसिया कप २०२० र २१ मा बिश्वमा फैलिएको महामारी कोभिडका कारण आयोजना हुन सकेको थिएन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…