
पोखरा-पोखराको हिमालयन गल्फ कोर्ष टिमले एक्स एस्टाफोर्ड स्वीङ टिम बेलायतलाई ८९ अंकले पराजित गरेको छ ।
पोखराको छिनेडाडाँस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा आईतबार भएको प्रतिस्पर्धा टिम हिमालयनले बेलायती पाहुनाटोलीलाई पराजित गर्दै च्याम्पियन बन्यो । टिम हिमालयनले कुल ३३६ स्कोर बनाउँदा एक्स स्टाफोर्ड स्वीङ टिम बेलायतले २४७ स्कोर बनाएको थियो ।
स्टेफल फोर्ड फूल ह्याण्डीक्यापको म्याच प्लेमा दुवै तर्फबाट ११ जना गल्फरको सहभागिता रहेको थियो । पोखराको हिमालयन गल्फ कोर्षको नेतृत्व गल्फर ले. कर्णेल यामबहादुर राना र पाहुना बेलायती टोलीको क्या.इन्द्र थापाले नेतृत्व गरेका थिए ।

बेलायतस्थित व्रिटिस गोर्खामा कार्यरत गल्फरहरुको पोखरा आगमन वर्षेनी हुदैं आएको छ । वर्षेनी आगमनले पोखराो पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ । व्रिटिस गोर्खा सैनिकमा कार्यरत नेपालीहरुको वर्षको एक पटक पोखरामा गल्फ खेल्नकै लागि आउने गरेका छन् । उनीहरुले पोखरामा मात्रै नभई काठमाडौंस्थित गोकर्ण गल्फ कोर्ष, रोयल नेपाल गल्फ कोर्षमा समेत खेल्ने गरेका छन । पोखरमा आईतबार खेल्नु अघि उनीहरुले काठमाडौंस्थित दुई वटै गल्फ कोर्षमा प्रतिस्पर्धाृ गरेर पोखरा आईपुगेका हुन् ।
१८ होलको समाप्तीमा हिमालयन गल्फ कोर्ष टिमका रमेश गुरुङले सर्वाधिक ४३ स्कोर गरे । उनले आफनो ह्याण्डीक्यापमा ७ अण्डर खेले भने ग्रसमा दुई अण्डर खेल्दै उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले । त्यस्तै भारतीय पेन्सन क्याम्प पोखराका मेजर अमरिश शुक्लले ३३ स्कोर, ले. कर्णेल याम रानाले ३२, कृष्ण पुनले ३२ स्कोर गरेका थिए ।
त्यस्तै बेलायती टोलीबाट सर्वाधिक विराजले ३५ स्कोर गरे । त्यस्तै चेतन र आइतराजले समान ३० स्कोर गरे । डानले २९ र फर्गुसनले २६ स्कोर गरेका थिए । विजेतालाई टिम बेलायतका नेतृत्व गरेका इन्द्र थापाले टिम हिमालयनको नेतृत्व गरेका ले. कर्णेल याम रानालाई ट्रफी प्रदान गरेका थिए । हिमालयन गल्फ कोर्षका व्यवस्थापक एवं प्रोफेसलन गल्फर भुवन गुरुङले वर्षेनी हुने यस्तो प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…