
पोखरा-भर्खरै परीक्षा सकेर बसेको विद्यार्थीलाई लक्षित गर्दै गण्डकी प्रदेश मुआथाई संघले मुआथाई प्रशिक्षण शुरु गरेको छ । संघले निःशुल्क ‘स्प्रिङ क्याम्प’ एकसातादेखि पोखरा रंगशालामा शुरु गरेको छ ।
संघले ७ वर्षदेखि १६ वर्ष उमेर समूहका परीक्ष सकेर बसेका बालबालिकालाई लक्षित गर्दै क्याम्प शुरु गरेको जनाएको छ । ‘विद्यार्थीलाई लक्षित गरेर मुआथाईको एक महिना निशुल्क प्रशिक्षण शुरु गरिएको छ’ प्रदेश मुआथाई संघका अध्यक्ष दिपकबहादुर गोदारले भने–‘एसर्ईई दिएर बसेका विद्यार्थीलाई पनि निशुल्क प्रशिक्षण दिईने छ ।’ उनका अनुसार प्रशिक्षण पोखरा रंगशालामा शुरु भईसकेको छ । एसईई दिएर बसेका बालबालिकालाई समेत निःशुल्क प्रशिक्षण क्याम्पमा सहभागिता जनाउन सक्ने छन् । अभिभावकलाई आफना बालबालिकालाई स्वास्थ्यको लागि मात्रै नभई आत्मरक्षाको लागि मुआथाई भन्ने अभियानसहित निशुल्क प्रशिक्षणमा सहभागिता गराउन आग्रह गरेको छ ।
मुआथाईको यो पहिलो निशुल्क प्रशिक्षण क्याम्प समेत हो । अन्तराष्ट्रियय मान्यताप्राप्त छ । मुआथाईसँगै मार्शल आर्टस तथा आत्मरक्षा(सेल्फ डिफेन्स)को प्रशिक्षण समेत गराईन संघले जनाएको छ । पोखरामा २०६२ सालदेखि मुआथाई खेलको शुरुवात भएको हो । २०६२ सालमा दिपकबहादुर गोदारले थाईल्याण्डमा प्रशिक्षण गरेर फर्किएपछि पोखरामा मुआथाई खेलको शुरुवात भएको हो । यद्यपी २०६६ सालमा अन्तराष्ट्रिय मुआथाई महासंघ(आईएफएमए, इन्टरनेशनल फेडेरेसन अफ मुआथाई एशोसियसन)बाट अन्तराष्ट्रिय सम्बन्धन प्राप्त गरी राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएपछि मुआथाईको विस्तार भएको हो ।
पाँच वर्ष अघि पोखरा कुमार थापाले कोरियाको राजधानी सिओलमा आयोजित यु–१६ मुआथाई च्याम्पियनसिपमा रजत पदक जितेर फर्किएका थिए । उनीसँगै गण्डकी प्रदेशबाटै निष्मा बस्याल र प्राप्ती बतासले समेत मुआथाईको अन्तराष्ट्रिय एरिनामा पदक जितेर ल्याईएका छन् । निशुल्क प्रशिक्षण ‘स्प्रिङ क्याम्प’ मा गण्डकी प्रदेशकी प्रशिक्षक ज्योति मल्लले प्रशिक्षण दिने समेत संघले जनाएको छ । प्रशिक्षक मल्लसँगै संघका अध्यक्ष दिपकबहादुर गोदार, प्रशिक्षकहरु खगेन्द्र क्षत्री, सुवास खड्का तथा विजय गुरुङले प्रशिक्षण दिने संघले जनाएको छ ।
मुआथाई निशुल्क प्रशिक्षण कार्यक्रमलाई गण्डकी प्रदेश खेलकुद परिषदले विशेष सहयोग गरेको छ । पोखरा महानगरपालिकाले समेत सहयोगी भूमिका खेलेको छ । नेपालबाट सन २०१० मा दिपकबहादुर गोदा, गणेश कक्षपति र निर्मल पहारी थाइल्याण्डमा सहभागि भएका थिए । सन २०१६ मा तुर्किमिनिस्तानमा पोखराका खेलाडी नवराज गुरुङ इन्डोर एशियन गेम्समा सहभागिता जनाएका थिए । अन्तराष्ट्रिय एरिनामा रुपक नेपाली, तुलसी थापा लगायत सहभागिता जनाई सकेका छन् ।पोखरामा २०६४ सालदेखि मुआथाई खेलको प्रशिक्षण शुरु भएको हो । २०६८ सालमा जिल्ला संघ गठन गरेपछि खेलले व्यापकता पाएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…