
पोखरा-कैलालीको धनगढीमा आयोजना हुने ‘प्रथम मुख्यमन्त्री राष्ट्रिय कप फेन्सिङ प्रतियोगितामा सहभागिता जनाउने गण्डकी प्रदेशका खेलाडी धनगढी प्रस्थान गरेका छन् । चैत्र २९ र ३० गते आयोजना हुने प्रतियोगितामा १० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जुनियर तथा सिनियर ईपी तर्फको इभेन्टमा प्रतिष्पर्धा गर्ने कास्की जिल्ला फेन्सिङले जनाएको छ ।
धनगढीमा हुने प्रतिस्पर्धामा सहभागिता जनाउने खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका सदस्य सचिव घनश्याम पौडेलले विदाई गरेका थिए । संघका अनुसार सिनियर खेलाडीमा महिलातर्फ मेरिया पुनले प्रतिस्पधाृ गर्ने छिन् । जुनियर पुरुषतर्फ नवराजजंग कार्की, सचिन खत्री, कुमार मल्ल, समीर सुनार र श्रीष बास्तोलाले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष विजय शाहीले जानकारी दिए ।
टिमको प्रशिक्षकमा सन्दिप बराल र व्यवस्थापकमा चिजा गुरुङ तथा अभिभावकको रुपमा अमृता राई धनगढी प्रस्थान गरेको संघले जनाएको छ । फेन्सिङ संघ कास्कीका अध्यक्ष शाही समेत टोलीसंगै धनगढी प्रस्थान गरेका छन् । टोलीलाई पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदारले खादा लगाई विदाई गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…