
पोखरा-कैलालीको धनगढीमा आयोजित फेन्सिङको ईपी इभेण्टमा गण्डकी प्रदेशले एक स्वर्ण, एक रजत र एक कास्य पदक जित्दै तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुग्याएको छ । दुईदिने प्रतियोगितामा बाग्मती प्रदेश च्याम्पियन हुदाँ शसस्त्र प्रहरी बल भने दोस्रो स्थानमा रह्यो । बाग्मतीले एक स्वर्ण, दुई रजत र एक कास्य जित्दा शसस्त्रले एक स्वर्ण एक रजत र दुई कास्य पदक जितेको थियो ।
तेस्रो स्थानमा रहेको गण्डकीका लागि कृपा गुरुङले ईपी जुनियर तर्फ स्वर्ण पदक जितिन् । उनले स्वर्णसँगै नगद १५ हजार रुपैयाँ प्राप्त गरेको कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष विजय शाहीले जानकारी दिए । उनका अनुसार सचिन खत्रीले रजत पदक प्राप्त गरे । उनले नगद १० हजार प्राप्त गरेका छन् । त्यस्तै कुमार मल्लले डेब्यु प्रतियोगितामा कास्य पदक जित्दै फेन्सिङको करियर सुखद शुरुवात गरे । उनले कास्य पदकसहित नगद ५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।
कैलालीको धनगढीमा आयोजनामा भएको ‘प्रथम मुख्यमन्त्री राष्ट्रिय कप फेन्सिङ प्रतियोगितामा सहभागितामा गण्डकी प्रदेशबाट १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जुनियर तथा सिनियर ईपी तर्फको इभेन्टमा प्रतिष्पर्धा गरेका थिए । सिनियर महिलातर्फ मेरिया पुन र जुनियर तर्फ कृपा गुरुङले प्रतिस्पर्धा गरेकी थिईन् । जुनियर पुरुषतर्फ नवराजजंग कार्की, सचिन खत्री, कुमार मल्ल, समीर सुनार र श्रीष बास्तोलाले प्रतिस्पर्धा गरेको संघले जनाएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…