
पोखरा-अप्रिल महिनाको गल्फ मन्थ्ली मेडलको उपाधि गणेश गुरुङले जितेका छन् । स्ट्रोक प्ले फम्र्याटमा खेलिएको प्रतिस्पर्धामा नेट तर्फ उनले उपाधि जितेका हुन् ।
शनिबार पोखराको छिनेडाडास्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा गुरुङले तीन अण्डर ६६ को कार्ड बनाउँदै उपाधि जित्दा सन्तोष गुरुङ उपविजेता बने । सन्तोषले कोर्षमा एक अण्डर ६८ को कार्ड बनाए ।

यसैगरी ग्रस तर्फको पुरस्कार भने राजेन्द्र गौचनले हात पारे । उनले ८१ स्कोर जोडे । पाहुना तर्फको नेट प्रतिस्पर्धामा भने तीन ओभर ७२ को कार्डसहित सोम गुरुङले पुरस्कार थापे ।
प्रतिस्पर्धामा सबैभन्दा बढी पार खेल्नेमा बसन्त गौचनले पुरस्कार थाप्दा होल नजिक प्रहार गर्ने अकाश लिम्बुले पुरस्कार पाए । त्यस्तै सबैभन्दा टाढा सट हिर्काउने पुरस्कार भने कृष्ण पुनले प्राप्त गरे ।

उनीहरुलाई आरएनजिसीका पूर्व क्लब कप्तान राजेन्द्रमान शेरचन, क्याप्टेन दुर्गा सिञ्जाली र इन्स्पेक्टर जीवाराम गुरुङले पुरस्कार प्रदान गरेका थिए । प्रतिस्पर्धामा २५ जना गल्फरले प्रतिस्पर्धा गरेको हिमालयन गल्फ कोर्षका व्यवस्थापक प्रों भुवन गुरुङले जानकारी दिए ।


पोखरा-अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी(२० छनोट प्रतियोगिता आईतबार भएको खेलमा कास्कीले बागलुङलाई ८९ रनको फराकिलो जित निकालेको छ । खेलमा बागलुङकी कप्तान संरचना गिसी तामाङले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेकी थिइन्। पहिले…