पोखरामा विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २७ गते २०८० मा प्रकाशित


पोखरा-पोखरामा बुधबारदेखि विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । पोखरा महानगर खेलकुद विकास समिति तथा मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनको संयुक्त आयोजनामा बुधबारदेखि पोखरा रंगशालास्थित व्याडमिन्टन हलमा दोस्रो संस्करणको मोहन स्मृति विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु भएको हो ।

ट्रेकिङको इकुपमेन्ट विक्री वितरण गर्दै आएको भाउदे नेपालको मुख्य प्रायोजनमा बुधबार हलको तीनवटा कोर्टमा भएको प्रतिस्पर्धा राउण्ड ३२ सम्मका खेलहरु टुंगिएका छन् । लोअर सेकेण्डरी छात्र तर्फको प्रतिस्पर्धामा खैरेनीटार मावि तनहुँका सन्देश कार्कीले विद्या ज्योतिका हिमाल थापालाई २१—१४, २१—१८ को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेका छन् । त्यस्तै नर्थप्वान्ट एकेडेमीका विराट बस्नेतले डायमण्ड मोडलका स्मारक अधिकारीलाई २१—४, २१—८ ले पराजित गरे । माउण्ट अन्नपूर्ण सेकेण्डरीका सविन विक्रम पालिखेलाई खैरेनी माविका सौभाग्य थापाले वाकओभर दिए ।

साउथ वेष्टर्नका रोहन गुरुङले मैत्री पाठशालाका मिजास उदासलाई २१—१२, २१—१३, पोखरा पब्लिकका अमृत थापाले प्रगति सेकेण्डरीका जुविन खड्कालाई २१—४, २१—८, कपिलबस्तु शान्ती स्कुलका सन्नी अधिकारीले आविष्कार एलाई २१—१०, २१—२ को सेटमा पराजित गरेका थिए । त्यस्तै छात्र सेकेण्डरी लेभलको प्रतिस्पर्धामा बागमती अल्टरनेटिभका सविन श्रेष्ठले बालदिक्षा सदनका सौर्य महर्जन(१)लाई २१—१६, २१—११को सेटमा पन्छाए । रोजमेरी आईडलका दियोन भण्डारीले बेनी कम्युनिटीका विवश पुनलाई १८—२१,२१—१२, २१—११ को सेटमा हराए ।
ग्यालेक्सी पब्लिकका रिशभ राईले ह्वाईट माउण्टेनका सुभम श्रेष्ठ(७)लाई २१—१०, २१—१७को सेटमा,निलकण्ठ सेकेण्डरीका अश्विन मगर(१५)ले प्रगति सेकेण्डरीका सुवोध अधिकारीलाई २१—७, २१—८को सेटमा पन्छाए ।

खैरेनीमाविका सफल भुजेल(४) ले ह्वाईट माउण्टेनका अदित्य थारुलाई २१—८, २१—७ को सेटमा, एपेक्स लाईफका शुभम कार्की(५)ले सिदार्थ पाठशालाका रेशम घर्तीमगरलाई २१—११, २१—१० को सेटमा, कास्की मोर्डनाईज्डका दिप राना(१३)ले क्रियटिम लुम्बिनीका कविर सुनारलाई २१—१२, २१—१८ को सेटमा हराएका थिए । कठमाडौं विद्याका अमन डंगोल(१२)ले सैनिक आवासियका सन्देश क्षत्रीलाई २१—४, २१—५ को सेटमा पराजित गरेका थिए । त्यस्तै कृष्ण सँस्कृतिका इन्केशसिंह ठकुरीले च्याम्पियन स्कुका सुदेश राजकोटी(३)लाई २१—९, २१—१५को सेटमा पन्छाउँदा ह्वाईट माउण्टेनका शिवाम श्रेष्ठ(९)ले श्री जनप्रियका संगम लामिछानेलाई २१—१५, २१—१४ र एपेक्स लाईफका सत्यम कार्की(२)ले सिदार्थ पाठशालाका युनिक कार्कीलाई २३—२१, २१—१२ को सेटमा पराजित गरेका थिए ।

आगामी बैशाख ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालयस्तरीयसँगै महानगर वडास्तरीय तथा ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथिको उमेर समूहको डबल्स तर्फ समेत प्रतिस्पर्धा हुने छ । सेकेण्डरी छात्र तथा छात्रा विजेताले नगद ३०, २० र १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि उमेर समूहको डबल्स तर्फको विजेताले ३०, २० र १० हजार रुपैयाँ प्राप्त गर्ने फाउण्डेशनका अध्यक्ष भूगोल गुरुङले जानकारी दिए ।

महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले पनि विद्यालयस्तरदेखि नै व्याडमिन्टन उत्पादन गर्ने अभियानमा महानगर खेलकुद समितिले सहकार्य गरेको बताए । उनले आगामी दिनमा पनि फाउण्डेशनसँगको सहकार्यमा प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जनाए । प्रतियोगिताको उदघाटन गण्डकी प्रदेश सदस्य एवं प्रदेशका पूर्व खेलकुद मन्त्री राजीव गुरुङले गरेका थिए । प्रतियोगितामा विभिन्न जिल्लाका लोअर र सेकेण्डरी तर्फ १ सय २० छात्र तथा छात्राको सहभागितगा रहेको छ ।