
पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना कास्की जिल्ला हक्की संघको व्यवस्थापनमा भएको गण्डकी प्रदेशस्तरीय हक्की प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । कास्कीले सोमबार फाईनल खेलमा तनहुँलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो ।

आईतबारदेखि शुरु भएको प्रतियोगितामा पाँच जिल्लाको सहभागिता रहेको थियो । कास्की, तनहुँ, पर्वत, स्याङजा र बाग्लुङ जिल्लाको सहभागिता रहेको थियो । सहभागित टोलीलाई राउण्ड रोविन लिगमा खेलाइएको थियो । शीर्ष दुईमा रहेका कास्की र तनहुँ बीच सोमबार दिउँसो फाईनल खेलमा कास्कीले तनहुँलाई सडन डेथमा १—० गोलले पराजित गर्दै उपाधि पक्का गरेको हो ।
निर्धारित समयमा कास्की र तनहुँले २—२ को बराबरी खेलेका थिए । पाँच पाँच जनाका पेनाल्टीमा पनि १—१ गोल भएपछि निर्णय सडन डेथमा पुगेको थियो । सडन डेथमा कास्कीले निर्णायक गोल गरेपछि नगद २० हजार राशीसहितको उपाधि कब्जा गर्यो ।

विजेता टोलीलाई गण्डकी प्रदेशका सदस्य प्रकाश बराल, नेपाल हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खड्का, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, परिषदका सदस्य ऋषिराम गौतम, खगेन्द्र क्षत्री, पोखरा महानगपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार तथा कास्की जिल्ला हक्की संघका अध्यक्ष मिलन केसी लगायतले नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरे । उपविजेता तनहुँले नगद १० हजार राशी प्राप्त गर्दा अन्य जिल्लालाई सान्त्वना स्वरुप नगद ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…