
पोखरा-चीनको हाङझाउमा हुने १९ औं एशियन गेम्सको लागि आर्चरीबाट चारजना खेलाडी छनोट भएका छन् ।
पोखरा रंगशालामा शनिबार भएको अन्तिम छनोट प्रतिस्पर्धामा चारजना खेलाडी छनोट गरिएको नेपाल आर्चरी संघमा बरिष्ठ उपाध्यक्ष बसन्त थकालीले जनाए ।
पुरुष रिकर्भ तर्फ तिलक पुन मगर, महिला रिकर्भमा मन्जु बजगाँई रहेका छन् । तिलक दोस्रो पटक एशियन गेम्सका लागि छनोट भएका छन् । उनले पोखराका अशिम शेरचनलाई पछि पार्दै एशियन गेम्समा छनोट भएका हुन् । छनोट चरणमा पुनमगरले १२६७ स्कोर हिर्काएका थिए । पोखराका अशिम शेरचनले भने १२५८ को स्कोर हिर्काएका थिए । केवल ९ स्कोर बढी हिर्काउँदै पुनमगरले एशियन गेम्समा छनोट पक्का गरेका हुन् । पुनमगर नेपाल पुलिस क्लबमा आवद्ध हुन् ।
यसैगरी कम्पाउण्डको पुरुष तर्फ योगेन्द्र शेरचन र महिला तर्फ नेपाल आर्मीबाट खेल्दै आएकी इमायुङ राई छनोट भएकी हुन् । शेरचनले १२८९ स्कोर हिर्काएका थिए भने राईले १३०३ स्कोरसहित छनोट हुन सफल भईन् । शेरचन, राई र रिकर्भकी बजगाँईको पहिलो एशियन गेम्स हुने नेपाल आर्चरी संघले जनाएको छ ।
एशियन गेम्सको लागि छनोटमा रिकर्भ पुरुषमा ४ जना सहभागि थिए । महिला रिकर्भमा पनि ४ जनाले प्रतिस्पर्धा गरेका थिए । कम्पाउण्ड तर्फ महिला र पुरुष तर्फ तीन तीन जना अन्तिम छनोटमा प्रतिस्पर्धामा थिए । रिकर्भ तर्फ ७० मिटर र कम्पाउण्ड तर्फ ५० मिटरमा प्रतिस्पर्धा गरेका थिए ।
बन्द प्रशिक्षण भने राष्ट्रिय खेलकुद परिषदले तय गरेपछि मात्रै शुरु हुने छ । छनोट भएका खेलाडीहरुलाई पोखराको आर्चरी मैदान प्रशिक्षण गराईने संघका बरिष्ठ उपाध्यक्ष थकालीले जानकारी दिए ।


कास्की –आगामी माघको अन्तिमसातादेखि शुरु हुने आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करणमा पोखरेली फुटबलप्रेमीले रात्रीकालिन फुटबलको अुनभव लिन पाउने छन् । त्यसको लागि सहारा क्लब पोखराले आन्तरिक गृहकार्य गरिसकेको छ । पोखरामा पहिलो पटक पोखरा रंगशाला फुटबल…
पोखरा=टी २० क्रिकेट विश्वकपको ट्रफी टुर अन्तर्गत आज पोखरा ल्याइएको छ । कास्की जिल्ला क्रिकेट संघ तथा प्रादेशिक क्रिकेट संघको समन्वयमा आज पोखरा रंगशाला क्रिकेट मैदान ट्रफी सार्वजनिक गरिएको थियो । ट्रफीलाई गण्डकी प्रदेश सामाजिक विकास एवं युवा…