
पोखरा-नेपाल ओलम्पिक कमिटिको आयोजनामा पोखराको हिमालयन गल्फ कोर्षमा शनिबार भएको यु—१३ गल्फ प्रतियोगिताको उपाधि दिप्सन लामाले जितेका छन् । त्यसैगरी यु—१८ तर्फको उपाधि भने संसार विकले आफनो नाममा लेखाए ।
ओलम्पिक दिवसको अवसरमा ओलम्पिक कमिटिको आयोजना तथा नेपाल गल्फ संघको सह आयोजनामा सञ्चालित प्रतियोगिता अन्तर्गत यु—१३ लाई ९ होलमा प्रतिस्पर्धा गराईएको थियो ।

पार ६९ को कोर्षमा ९ होललाई पार ३७ मा खेलाईएको थियो । पार ३७ को खेलाइएको प्रतिस्पर्धामा लामाले ६ ओभर ४३ को स्कोर सहित उपाधि जित्न सफल भए । त्यस्तै ८ ओभर ४५ को कार्ड बनाउँदै आयुष सुनार दोस्रो हुदाँ १२ ओभर ४९को कार्ड बनाएका आशिष विक तेस्रो बने ।त्यसैगरी यु—१८ तर्फ भने पार ६९ को कोषमा १८ होल नै प्रतिस्पर्धा गराइएको थियो । १४ ओभर ८३ को कार्ड बनाएका संसार विक च्याम्पियन बने ।
२१ ओभर ९० को स्कोर बनाएका सोनाम तामाङ दोस्रो बने । २३ ओभर ९२ को कार्डसहित तेस्रो बने । यु—१३ को होलको नजिकै प्रहार गर्दै दिप्सन लामाले पदक थापे । त्यस्तै डानियल खड्का र आशिष विक क्रमश रनर अप र सेकेण्ड रनर अप बने ।
यु—१८ तर्फ सबैभन्दा टाढा ड्राईभ हिर्काउँदै संसार विकले पदक पाए । समीर गुरुङ र सन्देश विक क्रमश दोस्रो र तेस्रो भए । विजेता जुनियर तथा युवा गल्फरलाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादु गुरुङले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा यु—१३ मा ११ जनाको सहभागिता रहेको थियो भने यु—१८ मा १३ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…