प्रथम गण्डकी प्रदेशस्तरीय गल्फको ग्रसमा रमेश र नेटमा राजुलाई उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ९ गते २०८० मा प्रकाशित


पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार भएको गण्डकी प्रदेशस्तरीय गल्फ प्रतियोगताको उपाधि ग्रस तर्फ रमेश गुरुङले जितेका छन् । नेट तर्फका उपाधि भने राजु थकालीले जित्न सफल भए ।

कास्की जिल्ला गल्फ संघ र पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोषको व्यवस्थापनमा भएको प्रतिस्पर्धामा रमेश गुरुङले ३० स्कोर गर्दै उपाधि जित्न सफल भएका हुन् । त्यसैगरी जिवराम गुरुङ काउण्ट व्याकमा २८ स्कोरसहित दोस्रो स्थानमा रहे । सुरेश तामाङ जिवरामसँग काउण्ट व्याकमा पछि परे । उनले समान २८ स्कोर गरेका थिए । यद्यपी उनी काउण्ट व्याकमा पछि परेका थिए ।

नेट तर्फको उपाधि राजु थकालीले ३७ स्कोरसहित जिते । दोस्रो स्थानमा संसार विक रहे । उनले ३५ स्कोर गरे । तेस्रो स्थानमा ने बलराम थापा आए । उनले ३४ स्कोर गरे । सिनियर तर्फको पुरस्कार राजेन्द्र गौचनले जिते । उनले २९ स्कोर गरे ।

जुनियर तर्फको ९ होलको प्रतिस्पर्धामाा दिप्सन लामा प्रथम, आशिष विक दोस्रो र डानियल बानिया तेस्रो बने । लङ्गेष्ट ड्राइभको पुरस्कार भक्तराज गुरुङले प्राप्त गरे । होल नजिक हिर्काउँदै किशन परियारले पुरस्कार थाप्दा रमेश गुरुङले सर्वाधिक बर्डी प्रहार गर्ने पुरस्कार समेत प्राप्त गरे ।

विजेता गल्फरलाई प्रतियोगिता संयोजक एवं प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य ऋषिराम गौतम, पोखरा महानगरपालिका वडा नं १४ का वडाध्यक्ष बोधबहादुर कार्की, गण्डकी प्रदेशका पूर्व सदस्य इन्द्रधारा विष्ट, कास्की जिल्ला गल्फ संघका अध्यक्ष मेजर लछिमीप्रसाद गुरुङ लगायतले ट्रफी प्रदान गेका थिए । प्रतियोगितामा ३० जना गल्फरको सहभागिता रहेको थियो ।