
पोखरा-एक महिनाको अन्तरमा रग्बीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दै छ । पहिले काठमाडौंमा आगामी अगष्टमा आयोजना हुने यु–२० एशियन रग्बी सेभेन्स ट्रफीमा सहभागिता जनाउने छ । त्यसको एक महिनापछि सेप्टेम्बरमा सिनियर टोलीले चीनमा आयोजना हुने १९ औं एशियाडमा सहभागिता जनाउने छ । अन्तरराष्ट्रिय प्रतियोगिताको लागि यतिबेला रग्बी सेभेन्सको टोली पोखरामा प्रशिक्षणमा व्यस्त छ । यु–२० छनोट प्रशिक्षणमा व्यस्त हुदाँ सिनियर टोली अर्को साता मात्रै बन्द प्रशिक्षणको लागि पोखरा आईपुग्ने नेपाल रग्बी संघका बरिष्ट उपाध्यक्ष चेतनराज गिरीले जानकारी दिए ।
‘यु–२० एशियन रग्बी सेभेन्स ट्रफीको लागि पोखरामा प्रशिक्षण भईरहेको छ । अहिले महिला तथा पुरुष गरी ३५÷३५ जना प्रशिक्षणमा व्यस्त छन्’ बरिष्ट उपाध्यक्ष गिरीले भने–‘पहिलो चरणमा १८÷१८ जना छनोट गरिने छ ।’ त्यसपछि दुईसातापछि फेरी १५÷१५ जना छनोट गरिने उनले जानकारी दिए । यु–२० रग्बी सेभेन्समा १५ जना खेलाडी छनोटपछि बन्द प्रशिक्षणमा राखिने छ । पोखराका मात्रै ७ जना महिला तथा पुरुष खेलाडी छनोट प्रशिक्षणमा रहेको उनको भनाई थियो । पोखरामा दुईदिन अघिदेखि प्रशिक्षण शुरु गरिएको हो । ४० दिनसम्म प्रशिक्षण गराईने कार्यक्रम रहेको नेपाल रग्बी संघले जनाएको छ ।
आगामी अगष्ट १९ र २० गते काठमाडौंमा यु–२० एशियन रग्बी सेभेन्स ट्रफीको आयोजना हुने छ । एशियाडमा सहभागि हुने रग्बी टोलीको पनि पोखरामै प्रशिक्षण हुने उनले बताए । ‘एशियाडमा हुने टोली अर्को साता पोखरा आईपुग्ने छ’ उनले भने–‘सिनियर टोलीलाई श्रीलंकन प्रशिक्षक मिष्टर सनले प्रशिक्षण गराउने छन् ।’ उनका अनुसार श्रीलंकन प्रशिक्षक यतिबेला पोखरामा यु–२० टोलीलाई समेत प्रशिक्षण गराईरहेका छन् । विशेष गरी महिला टोलीलाई सृजना राई र सावित्रा पूर्जाले प्रशिक्षण गराईरहेका छन् । पुरुष तर्फ भने विराट ऐडीले प्रशिक्षण दिईरहेका छन् ।
एशियाड टोलीलाई श्रींलकन प्रशिक्षणसँगै सहायक प्रशिक्षकको रुपमा टंकराज गिरी रहने छन् । व्यवस्थापकमा कपिल सापकोटा रहने समेत नेपाल रग्बी संघले जनाएको छ । एशियाडमा गण्डकी प्रदेशबाट तीन जना छनोटमा परेको संघले जनाएको छ । सिनियर टोली आईपुगेपछि यु–२० र सिनियर टोली एकैसाथ प्रशिक्षण गर्ने छ ।
नेपालले गतवर्ष त्रिदेशीय रग्बी सेभेन्समा प्रतिस्पर्धा गरेको थियो । नेपाल, भारत र बंगलादेशी टोली सहभागि थिए । गतवर्ष नै बंगलादेशमा नेपालले रग्बी फिफ्टिन्स खेलेर फर्किएको थियो । ‘पोखरामा आवश्यक पूर्वाधार छ । मोफसलका खेलाडीहरुको सहभागिता छ’ उनले भने–‘फरक फरक ठाँउमा प्रशिक्षण गराउँदा पूर्वाधारको विकास हुन्छ । विकासको हिसाबले पनि सकारात्मक देखिन्छ ।’ पोखरामा दुईदिन अघि मात्रै प्रदेश खेलकुद परिषदको आयोजनामा पोखरामा रग्बी सेभेन्स प्रतियोगिता सम्पन्न गरिएको थियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत पहिलो पटक रग्बी सेभेन्सलाई समावेश गरिएको थियो ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…