
पोखरा-सार्वजनिक रुपमा घोषणा गरिएको नगद पुरस्कार झण्डै १६ महिनापछि गण्डकी प्रदेशको यु–१९ महिला क्रिकेटरलाई प्रदान गरिएको छ । गतवर्ष यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश च्याम्पियन बनेको थियो । सुदुर पश्चिम मुख्यमन्त्री कप यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गर्दै गण्डकी प्रदेश च्याम्पियन बनेको थियो । च्याम्पियन बनेसँगै गण्डकी प्रदेशका तत्कालिन अर्थमन्त्री रामजीप्रसाद बरालले नगदसहित सम्मान गर्ने घोषणा गरेका थिए । लामो समय वित्दा समेत खेलाडीले नगद पुरस्कार नपाउँदा सञ्चारमाध्यममै प्रदेश सरकारको आलोचना भएको थियो ।
दुई महिना अघि मात्रै जिल्ला तथा प्रादेशिक क्रिकेट संघ गण्डकीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा सामाजिक विकासमन्त्री सुशिला सिंखडालाई ज्ञापन पत्र बुझाउँदै खेलाडीलाई घोषित नगद पुरस्कार प्रदान गर्न आग्रह गरेका थिए । महिला क्रिकेट टोलीलाई प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार पोखरा रंगशालमा कार्यक्रम गर्दै सम्मानित गरिएको हो । गण्डकी प्रदेश सरकारका मन्त्री सुशिला सिंखडा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, ििपरषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा लगायतले खेलाडीहरुलाई सम्मान गरेका थिए ।
मुख्यमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट संघको आयोजनाका कैलालीको धनगढीमा सम्पन्न भएको थियो । खेलाडीहरुमा अन्जली विश्वकर्मा,, सिमाना के.सी, ज्योत्स्नीका मरासिनी, सोनिया थापा, आकृति तिवारी, कुसुम गोदार, अरबिना अधिकारी, निरु जि.टि., सेरिना थापा मगर, मनिषा उपाध्याय, सिर्जना पौडेल, जेनिशा खत्री, आङ पेमु ल्याम्बु शेर्पा र प्रीती पराजुली टोलीका प्रशिक्षक रिजन प्रजु, सहायक प्रशिक्षक गोविन प्रधान र टिम व्यबस्थाप एलिशा लामिछाने रहेका छन् । गण्डकी प्रदेश सरकारले १६ महिना अघि घोषणा गरेको रकम खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी १७ जनालाई जनही नगद ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।
रकम खेलाडीहरुको व्यक्तिगत बैंक खाता मार्फत पठाइएको मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले बताए । ‘हामीले पहिले नै खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने भनेका थियौं तर सरकार परिवर्तन लगायतका कारण ढिलो हुन पुग्यो’ उनले भने–‘हामी खेलाडीहरुको मनोबल उच्च होस भन्नका लागि कामना गर्दछौं । यो सम्मानले खेलाडीहरुलाई पक्कै हौसला प्राप्त हुनेमा विश्वस्त छु ।’ खेलाडीहरुलाई सम्मान गर्दै मन्त्री सिंखडाले क्रिकेट खेलाडीहरुलाई सम्मान गर्ने विषयमा आफूले संसदमा समेत प्रतिवद्धता जनाएको बताउँदै आफूले प्रतिवद्धता जनाएको विषय पुरा गर्न पाउँदा खुसी लागेको बताइन् । उनले खेलकुद विकासका लागि गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै पोखरा रंगशालामा योगका कार्यक्रमहरु समेत सञ्चालन गर्ने जानकारी दिइन् ।
परिषदका सदस्य सचिव श्रीधर शर्माले प्रदेशको खेलकुद विकास संगै खेलाडीहरुको हितका लागि परिषद संधै साथ रहेको बताए । उनले आगामी दिनमा परिषदले विभिन्न जिल्लाहरुमा प्रतियोगिताहरु सञ्चालन गर्नेलगायत खेलकुदका विभिन्न कार्यक्रमहरुलाई जोड्दै दशौ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशलाई उत्कृष्ट बनाउने गरी योजना अघि सार्ने बताए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…