दोस्रो जितसँगै गण्डकीले टुङ्ग्यायो एनभिए राष्ट्रिय भलिबल लिग

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २९ गते २०८० मा प्रकाशित


पोखरा-विभागीय क्लबसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको गण्डकी प्रदेशले दोस्रो जित निकालेको छ । लगातारको हारले तीन भारतीय खेलाडी फर्किएपछि गण्डकी प्रदेशले गण्डकी प्रदेशले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिगमा पुरुषतर्फ लगातार दोस्रो जित निकालेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)कभर्ड हलमा शुक्रबार भएको खेलमा गण्डकीले दावाँली मिलन क्लबलाई ३(० को सोझो सेटमा पराजित गरेको हो । खेलमा गण्डकी प्रदेशले २५-२१,२५-१५ र २५-१६ ले सोझो सेट आफनो पोल्टामा पार्यो । जितसँगै ६ खेलमा ६ अंक जोडेको गण्डकीले पाँचौं स्थानमा रहेर लिगलाई टुग्याएको छ । जितविहन दावाँली समान खेलमा १ अंक जोडेर पुछारमा रह्यो ।