ई. सन्तोषलाई जुलाई मन्थ्ली मेडल गल्फ ट्रफी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण १३ गते २०८० मा प्रकाशित


पोखरा-हिमालयन गल्फ कोर्षको जुलाई(२०२३)को मन्थ्ली मेडल गल्फ च्याम्पियनसिपको ट्रफी ईन्जिनियर सन्तोष गुरुङले जितेका छन् । स्ट्रोक प्लेको आधारमा खेलाईएको प्रतिस्पर्धामा इन्जिनियर सन्तोषले ५ आण्डर ६४ को कार्डसहित ट्रफी उचालेका हुन् ।

पार ६९ को कोर्षमा सन्तोषले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफनो नाममा लेखाएका हुन् । उनी हिमालयन गल्फ क्लबको १५ औं ह्याण्डीक्यापका एमेच्योर गल्फर हुन् । नेटतफको प्रतिस्पर्धाको उपविजेता भने क्याप्टेन गणेश गुरुङ बने । ८ ह्याण्डीक्याप रहेको गणेशले २ ओभर ७१ को कार्ड बनाए । त्यसैगरी तेस्रो स्थानमा भने क्याप्टेन राजेन्द्र गौचन रहे ।

कुल २८ खेलाडीले नेट तथा ग्रसमा प्रतिस्पर्धा गरेका थिए । ग्रस तर्फको पुरस्कार ईन्स्पेक्टर जीवराम गुरुङले जिते । उनले ५ ओभर ७४ को स्कोर कार्ड बनाउँदै उपाधि जित्न सफल भए । पाहुना तर्फको विजेता भने शक्ति गुरुङ बने । प्रतिस्पर्धाको लामो दुरी र होल नजिक हिर्काएका मेजर डाक्टर अमृत शुक्लले जिते । सर्वाधिक बर्डी हिर्काएको पुरस्कार बद्री राईले पाए । प्रतियोगितामा विजेता गल्फरलाई पोखरास्थित भारतीय पेन्सन क्याम्प रामबजारका प्रमुख लेफ्निेन्ट कर्णेल प्रशान्तसिंह बाङ्गेल, ले. कर्णेल याम राना लगायतले पुरस्कार प्रदान गरेका थिए ।

सोही अवसरमा मेजर डाक्टर अमृश शुक्ललाई हिमालयन गल्फ क्लबले खादा लगाई विदाई गरेको छ । शुक्लले आफनो पोखरा बसाई टुग्याएका छन् । शुक्ल हिमालयन गल्फ क्लबका सदस्य समेत हुन् । सदस्य रहेका उनलाई हिमालयन गल्फ क्लबले मायाको चिनोसहित खादा लगाई विदाई गरेका थिए । यसैगरी क्लबले पेन्सन क्याम्पका नयाँ प्रमुख प्रशान्तसिंहलाई स्वागत गरेको थियो ।