
पोखरा-गण्डकी प्रादेशिक हक्की संघको भेलाले दिपकबहादुर थापाको अध्यक्षतामा सात सदसस्यीय प्रदेश समिति सर्वसम्मत गठन गरिएको छ । गठित समितिको उपाध्यक्षमा मिलन केसी, सचिवमा पुजा पुन, कोषाध्यक्षमा बलबहादुर शाही रहेका छन् । यसैगरी सदस्यहरुमा चनमन श्रीमल, दिपक थापा, अजय क्षत्री रहेका छन् । केन्द्रीय प्रतिनिधिको रुपमा नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काको उपस्थिति रहेको थियो । प्रदेश खेलकुद परिषद गण्डकीको प्रतिनिधिको रुपमा सदस्य केशव पाठकको रोहबलमा नयाँ समिति सर्वसम्मत गरिएको हो ।
प्रदेशको कास्की, स्याङजा, तनहुँ, पर्वत र बाग्लुङमा नयाँ कार्यसमिति गठनपछि प्रादेशिक संघ गठन गरिएको हो । हक्कीको प्रादेशिक संघ गठन भएको यो पहिलो हो । यसभन्दा अघि प्रादेशिक संघ भने थिएन् । प्रादेशिक संघ नभएपनि हक्कीले प्रदेशस्तरीय प्रतिस्पर्धामा भने सिधै छनोट भएर राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।

प्रदेश गठनसँगै हक्की संघलाई एउटै चिन्ताले सताउँदै आएको छ । खेलाडी तथा संघका पदाधिकारीको एउटै चिन्ता मैदान अभावकै हो । पोखरा रंगशालाभित्र आवश्यक खेल मैदानको अभावले हक्कीका खेलाडीहरुले प्रशिक्षण गर्न पाएका छैनन् । पोखरा रंगशाला बाहेक अन्यत्र समेत मैदान नहुदाँ प्रशिक्षणमा समस्या भएको नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले गुनासो गरे । प्रदेश गठनसँगै हक्की संघलाई एउटै चिन्ताले सताउँदै आएको छ । खेलाडी तथा संघका पदाधिकारीको एउटै चिन्ता मैदान अभावकै हो । पोखरा रंगशालाभित्र आवश्यक खेल मैदानको अभावले हक्कीका खेलाडीहरुले प्रशिक्षण गर्न पाएका छैनन् । पोखरा रंगशाला बाहेक अन्यत्र समेत मैदान नहुदाँ प्रशिक्षणमा समस्या भएको नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले गुनासो गरे । ‘हक्कीप्रति युवापुस्ताको आकर्षण छ । नियमितजसो गतिविधि हुदैं आएका छन् । तर पनि मैदानकै अभावमा खेलाडीले प्रशिक्षणको अवसर पाएका छैनन् ।’ उनको भनाई थियो ।

पोखरा रंगशालाभित्रै मैदान बनाउन तत्कालिन जिल्ला हक्की संघ कास्कीले सुटिङ संघलाई उपलब्ध गराएको मैदान सम्याउने काम गरेको थियो । यद्यपी सुटिङ संघको असहमतिपछि मैदानको काम पूर्णरुपमा स्थगित हुन पुग्यो । सुटिङ संघले आफनो पूर्वाधार निर्माण नबनाईसकेको अवस्थामा मैदानलाई हक्की खेल प्रशिक्षणस्थल बनाउन सकिने प्रादेशिक हक्की संघले प्रस्ताव गरेको थियो । यद्यपी सुटिङ संघले भने प्रस्तावलाई अस्वीकार गरेपछि हक्की प्रशिक्षणविहीन अवस्थामा छ । संघका केन्द्रीय उपाध्यक्ष खड्काले पोखरा रंगशालाभित्रै ओभरहेड ट्याङ्की नजिकैको खाली ठाँउलाई प्रशिक्षणस्थल बनाउने प्रयास भएको सुनाए ।
नवनिर्वाचित उपाध्यक्ष केसीले ओभरहेड ट्याङ्की नजिकैको खाली ठाँउमा सम्याएर हक्कीको लागि प्रशिक्षणस्थल बनाउने स्पष्ट पारे । ‘अबको एउटै उद्देश्य नै प्रशिक्षण मैदान बनाउने हो ।’ उनको भनाई थियो । केसी कास्की जिल्ला हक्की संघका निर्वतमान अध्यक्ष समेत हुन् । केही दिन अघि मात्रै कास्की जिल्ला हक्की संघको अध्यक्षमा हक्कीका पूर्व राष्ट्रिय खेलाडी हित गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…